[Show all top banners]

SSK
Replies to this thread:

More by SSK
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  मैले देखेको दरबार-आज सुक्रबार-४
[VIEWED 11677 TIMES]
SAVE! for ease of future access.
Posted on 05-29-20 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हिजो गणतन्त्र दिवस, अर्को हप्ता जेठ १९ अर्थात दरबार हत्याकाण्डको "सालगिरा "। यी दुवै दिन मेरो लागि कालो दिन हुन्। गणतन्त्र असफल बनाउन र भारतीय बिस्तारबाद अन्त्य गर्न कम्ति संघर्ष त गरिएन। १५ वर्ष भन्दा कम उमेरमा राजतन्त्रको ओकालत गर्दै हिडेको, संघर्ष अझै जारी छ । जसको अधिकारको लागि संगर्ष गरेको, उनकै ताल देख्दा आज लाग्छ, बरु आफैलाई राजा घोसित गरेर आफै साशन  चलाउ । नेपालमा बसेर भारतको ओकालत गर्ने दलाल चै कान्तिपुर र् अन्नपुर्ण पोस्ट हुन्, यिनीहरु बिरुद्ध हामी राजाबादीले २०६० सालमा एकचोटी ठुलो बिरोध गरेको थियोउ, त्यो क्रममा यी २ मीडिया को ठुलो छेती भएको थियो । त्यो बिसय ज्यादै लामो छ ऐले गन्थन नगरम । आज म राजदरबारको ओर पर भएका मेरा केहि सम्झना लेखि राको छु

मैले देखेको दरबार

धेरै सानो देखि होस्टेल पढियो, वर्षमा २ पटक मज्जाले घर बस्न पाउने, दशैँ र जाडो बिदामा । दशैँ तिहार चै हास खेलमै बित्यो खुब रमाइलो हुने, जाडो बिदा चै वाक्क लाग्ने। जाडो बिदामा घर तिर खेल्ने साथी नै नहुने, आफु बिदामा घर आयो, उनीहरु होलिडेमा निस्कने, तेती खेर गाजा तान्ने लत लागेको थिएन, म cricket को फ्यान । घरमा लामो बिदा हुदा क्रिकेट खेल्न केटाहरुको कोरम नपुगेर हैरान हुने । जति बटुल्दा नि ४ ५ जना भन्दा भुरा नहुने, येतिले त पिङ्ग पोङ्ग मात्र खेल्न पुग्ने । घर बस्दा के गरौ गरौ हुने, अनि प्राय मामाघर बस्थे, त्याह बाट नारायणहिटी दरबार नजिक, मामाहरुसंग दरबार छिर्न सजिलो हुने । नारायणहिटी दर्बार भब्य, ७०० रोपनीमा फैलिएको। त्या भित्र के छैन , क्यब्लेरी ( horse फर्म ), स्विम्मिंग पूल, क्रिकेट ground , फूटबल ground , gym , बगैचा रंगी चंगी फुल आदि आदि । राजदरबार को सुरछ्या ३ तह मा हुन्थियो, core १, २,३। core १ मा चै श्री सदन भन्ने राजा को खोपी ( घर थियो ), त्यहाँ जान कसै लाई अनुमति थिएन, core २ मा खेलकुद, मनोरंजन आदि हुने गर्थियो, त्याह सम्म जाने अनुमति थियो। हामी ति खेल्थिम कैले काही पाको बेलामा, त्याह काम गर्ने केहि कर्मचारीका परिवार ले core २ सम्म जाने अनुमति पाउथे । तर सैनिक सचिबको कार्यलए बाट पास बनाउनु पर्ने ।

राजा बिरेन्द्रसंग जम्का भेट  
८ कि ९ मा पर्दा राजा बिरेन्द्र संग भेट हुने मौका जुर्यो। राजदरबारको पश्चिमी ढोकामा सम्बाद सचिबालय भन्ने एउटा अड्डा थियो, तेस ठाउँमा पछि पररास्ट्र मन्त्रालयको पासस्पोर्ट साखा बस्यो, मामाश्री तेतै काम गर्नु हुने , मामाघर बसेको बेला एक दिन २ बजे तिर मामा लाई अफिसबाट फोन आयो, अड्डा जानु पर्ने भयो, मलाई मामाले "जान्छौ" भनेर सोध्नु भयो म टेंनिस बल लिएर हिडी हाले । मामा काम तिर लाग्नु भयो म चौर तिर, त्यो दिन खासै कोइ रैन रैछन चौरमा खेल्न, म आफै नेटमा स्पिन हान्दै थिए, राजा जस्तै अनुहार पर्या मान्छे आको देखे पर बाट, सातो गयो । एउटा German शेफोर्ड जस्तो देखिने कुकुर थियो साथमा । आगे पिछे कोइ छैन, लुगा हेर्यो घरमा बाऊले फुलमा पानि हाल्दा लाउने कमिज र सुरुवाल जस्तो छ खुट्टामा कालो चप्पल देसी पाराको । राजाको झल्कोनै छैन, तर दिमागले अनुहार चिनी सक्यो + त्यो कुकुरको चर्चा मामाघरमा पहिले नि सुनेको हो । राजा
अगाडी आई सके अब नमस्ते गर्ने होकी, दर्शन गर्ने होकी, ढोग्ने हो, के हो को हे दिमाग ले काम नै गरेन। स्कुलतिर त वर्षमा एकचोटी देखेकै हो तर टाढा बाट , एस्तो face to face, one to one चै भएको थिएन। येतिकैमा कुकुरले भुइँको टेंनिस बल्ल देख्यो र मुखमा हाल्यो अनि खेल्न थाल्यो। मैले दर्शन चढाउन नपाउदै वहा ले सोध्नु भयो " तिमि को हो ?" ठ्याकै येही सब्द थियो, जिन्दगि भर भुल्न सक्दिन वहाको यो महा बाणी। कस्तो गारो प्रस्न लाग्यो मलाई त्यो, आफै लाई थाहा थिएन म को हो, मेरो परिचय के हो। २ ३ सेकेन्ड पछि सम्हालिएर भने "सरकार म ____ कार्की _____ स्कुलमा ____ काछ्यामा पर्छु" । वहा ले ए ए भनेर कुकुरको मुख बाट बल झिकेर मलाई दिनु भयो अनि आगाडी बढ्नु भयो । म ट्वाल्ल परे । पछि आफैले सोच्दा वहाको प्रस्नको गलत जवाफ दिए कि जस्तो लाग्यो। वहाले सायद मेरो नाम भन्दा नि म त्यहाँ कसोरी आए र त्यहाँ के गरि राख्य छू भनेर सोध्नु भएको थियो कि भन्ने लाग्यो।
हाम्लाई चै यो राजपरिवारको सदस्य संग दोहोरो कुराकानी नगर्नु भन्ने निर्देशन थियो त्यहाँको एक बडा हाकिम बाट, यहाँ त राजपरिवार होइन राजै संग कुरा भई रा छ त्यो नि "दर्शन" नगरी, गाल पर्छ कि जस्तो लाग्यो, पछि मामालाई यो कुरा भने मामाले यो सामान्य हो भन्नु भयो अनि ढुक्क भए ।

 पारस  सरकार 'बोल्ड आउट"

हाम्रो पारस सरकारको घर चै त्या होइन, वहा सितल निवास बस्नु हुन्छ महाराजगंज तर त्यहाँ कैले कहिँ देख भेट भई राख्ने । खासमा वहा चै निराजन सरकारका मित्र तेइ भएर आउनु भाको होला । निराजन सरकार घोडचडीको सोखिन, क्रिकेट खेल्ने मैदानको अर्को तर्फा वहा घोडचडी गर्न आउनु हुन्थियो, संग संगै कैले कहिँ पारस सरकार पनि । पारस सरकारको ताल देखेर चै खुब अनौठो लाग्ने, वहा पैले देखि नै ल्यांग ल्यंगे, घोडाले सुद्ध नटेर्ने वहा लाई, अलि अलि ऋषि धमलाको झझल्को आउछ वहामा,सतही कुरा गर्ने, कैले serious नहुने अनि लाटो रिष। सुने अनुसार वहाको driving trial पनि अरुले पास गरेकोरे । पछि वहाले प्रविन गुरुङ भन्ने एक जना गायकलाई किचेर मार्दिनु भयो। ७ ८ जना मिलेरे क्रिकेट खेली राको थिम वहा आउनु भयो एकदिन । म सोएब अक्थर भन्नेको ठुलो फ्यान, येति सम्मकि कपाल सुद्द उसको जस्तै पाल्ने कोसिस गर्थे । फास्ट बल्लिंग गर्ने चक्करमा एउटाको गेडा झन्डै फुटाको थिए । मैले बलिङ्ग गरि रा बेला पारस सरकार आउनु भयो, अनि ल म ब्याटिंग गर्छु भन्नु भयो अनि ब्याट समात्नु भयो । वहाले ब्याट समातेको पाराले बुझीहाले सरकार लाई क्रिकेटको खासै अनुभब छैन भनेर । वहाले चौका हान्न सकुन भनेर स्लो बलिङ्ग गरे, सरकारले दशैँमा रागो तरबारले मार हानेको सैलीमा ब्याटिंग गर्नु भयो । मलाई हेपेर "अलि बेस्सरी हानन" भनेर भन्नु भयो, मैले अलि स्पीड बढाए, वहाले हान्न सक्नु भएन, अर्को चोटी भए भारको बल लाएर हान्नु भयो, फेरी ब्याटले बल छोएन, वहाको धैरियेताको बाध टुटेको जस्तो अनुभब भयो । अर्को चोटी एस्तो जोरले हान्नु भयो कि, बल त छुन सक्नु भएन ब्याट उडेर झन्डै अगाडीको मान्छेको टाउको फुट्यो । सरकार वहाको signature style मा ह्य ह्य गरेर हास्नु भयो र फेरी ब्याट उठाउनु भयो । वहाको गोर्खे ताल देखेर silly point को filder लाई non striker मा राखे अनि बलिङ्गको स्पीड घटाए । चौका हान्न देको अवसरमा वहा 'बोल्ड आउट" हुनु भयो अनि " ल खेल तिमीहरु " भनेर मुस्कौदै जानु भयो । वहा गए पछि सबै लाई " ल आज बाचियो " भन्ने अनुभूति भयो अनि फेरी खेल सुचारु भयो । पछि वहा माथि दरबार हत्याको आरोप लाग्यो, कसले किन गर्यो रामजाने तर वहा को पारा,स्वोबभाब र हिम्मत हेर्दा वहाले गरेको जस्तो लाग्दैन । दरबार हत्या एउटा well organized game प्लान थियो, पारस सरकार त्यो लेवलको छेमतामान मान्छे नै होइन । वहा ऐले जस्तो हुनुहुन्छ पैले नि तेस्तै हो ।

दिपेन्द्र सरकार " angry young man "
दिपेन्द्र सरकार चै बाघको बच्चा जस्तो , सधै रोयल लूक्समा हिड्ने । खै किन हो वहाको security सधै कडा , ऐरे गैरे वहा को आगाडी उभिनै नपाउने । वहाको पेर्सोनालिटी एस्तो कि हाम्रो पारस शाह नि थुर थुर हुने । नारायणहिटी complex मा वहाको २० मिटर वरिपरी नि पर्न सकिएन। वहाको कतै सवारी हुन लाग्यो भने सबै जना attention पोसिशन मा हुनु पर्ने । उता पढाई मा वहा तेतिकै तेज, slc मा वहाको ७१%कि ७७% छ , त्यो बेला तेती भनेको धेरै थियो। हरेक किसिमको स्किल थियो वहामा , jungle warfare , para jump सबैमा अब्बल। वहा संग commercial helicopter piloting को licences थियो। मेरो बाऊको एकजना साथी वहाको सानो को पाले ( ADC ) , ४ वर्षको हुदा वहाले आफ्नो guard लाई ५५ ६० चोटी सम्म सलाम गर्न लाउनु हुन्थियो रे, रमाइलोको लागि । वहा को mood स्विंग अति छिटो हुने रे, एकछिनमा हस्मुख मान्छे राको छेन मा पुरै off ।

श्रुति शाह
वहा लाई त खासै देख्नै पाईयेन

अन्तमा, सम्झना लामो छ, म एकछिन भात खान जान्छु,,,,

Last edited: 01-Jun-20 04:23 PM

 
Posted on 05-29-20 4:49 PM     [Snapshot: 177]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

SSK जी,
पढेर nostalgic भए। राजा बिरेन्द्र र परिवारको सम्पूर्ण हत्याकाण्ड हुँदा म नेपालनै थिए। एकदम दु:ख लागेको थियो, म आँफै पनि अन्तिम दर्शनको लागि छाउनी हस्पिटल अगाडि गएको थिए, मलाई याद आउछ कता कता बाट मान्छेहरु ओहालो लागेर आएका थिए, तेत्रो भिड मैले कहिले नजिकबाट देखिन होला जिन्दगीमा। मेरो पछाडि बसेका लेडिजहरु यती ठुलो ठुलो स्वरले लाशहरुमा फुलमाला छर्दै रोएको सुन्दा त साह्रै नरमाइलो भएको थियो। सानै देखी आफुले पढ्ने महेन्द्र माला नेपाली किताबमा राजा बिरेन्द्रका अमर बाणिहरु पढेको, प्रजावत्सल राजा बिरेन्द्रको बारेमा निबन्ध लेखेको हिजो जस्तो लाग्छ।
राजा बिरेन्द्रलाई नजिकबाट चै सानोमा scout मा हुँदा नारायणहिटी गएर सलामी टक्र्याउदाको क्षणहरु याद आउछ। तेतिखेर गोरख दक्षिण बाहु पट्ट अनी अरु के के पुरस्कारको चर्चा हुन्थ्यो, आफु पनि टप गरेर राजाको हातबाट पुरस्कार थापुला भन्ने कुनै मिठो सपना पाल्थ्यौ, खैर। राजा बिरेन्द्रसँग चाँही नजिकबाट साक्षात्कार भएन, तर निराजनसँग चै भएको थियो। कुनै दिन share गरौला।
 
Posted on 05-30-20 8:25 AM     [Snapshot: 1001]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठिक छ, निराजन संगको अनुभब शेर गर्नु होला फुर्सदमा, उनि २१ वर्षमै मरे तेसैले उनको बारे धेरैलाई थाहानै छैन । मेरो वहा संगको अनुभब चै हामी वहाको cheer - up crew । भाको के भन्दा बुडा swimming का खतरा खेलाडी, नेपाल च्याम्पियन, मुख्य event मा प्राय भाग लिने, अनि लेको event मा सधै प्रथम। तेती बेला भखर भखर सातदोबाटोमा स्विम्मिंग complex बनेको थियो अनि उनि त्यहाँ प्रतिस्पर्ध गर्न आउथे, उनि आउने भए पछि हाम्लाई गाडीमा हालेर cheer -up गर्न लान्थ्यो। एक चोटीको रोचक घटना बुडा प्रतिस्पर्धी अनि मन्त्रि मुख्य अतिथि जित्ने लाई मन्त्रिले पुरुस्कार दिनु पर्ने, निराजनले जिते, दरबारियाहरु हिरो बने, मंत्रीले राजकुमार लाई पुरुस्कार दिन प्रोटोकलले मिल्दैन भनेर, एकछिन अलमल भयो, निराजनले लिन्छु भने, मंत्रीको हात बाट मेडल लिए, हामीले जयजयकार गर्योउ अनि कार्यक्रम समापन भयो ।
 
Posted on 05-30-20 9:04 PM     [Snapshot: 1365]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SSK मित्र, म शाही परिवार संग त्यति नजिक त छैन तर एक पटक शानेबानी को flight मा जाँदा VVIP flight परेछ, त्यहाँ senior रोयल फेमिलीका कोहि नभएपनि, अधिराजकुमार र शाहज्यादी हरु थिए/ Business क्लास पुरै उनीहरुको reserve थियो/ त्यो बेलामा सम्पूर्ण flight हरु नन-स्मोकिंग भएपनि वहा हरुलाई स्मोकिंग गर्ने छूट थियो/
Maybe because almost all of them were smokers. They used to smoke a lot all the time during the entire flight. Nowadays, when I see Paras smoking frequently on the videos, I am reminded of that scenario.
जय गणेश !
 
Posted on 05-31-20 10:03 AM     [Snapshot: 1744]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्मोकिङ्गका त यिनीहरु पारखी नै हुन् , नेपालमा हिप्पी सैली भित्राउने श्रेय धिरेन्द्र सरकार लाई जान्छ । निराजन पनि गतिला स्मोकर हुन् । बेलायतमा होस्टेलमा बस्दा यिनले एउटा बदमासी गरेछन, नेपालमा कोठा भित्रै चुरोट गाजा तान्ने बानी, बेलायतमा तेस्तो गर्न नपाउने । उनको पालो कोठामा भाको smoke sensor मा प्लास्टिकले बानेर कोठा भित्रै चुरोट तान्ने रैछन, एकदिन बाहिर बाट inspection मा आउने ले त्यो देखेछ र complain गरेछ । अर्को चोटी तेस्तो नगर्ने सर्तमा उनलाई थप कारबाही गरिएन । यो कुरा रानी ऐसोर्येले थाहा पाको भए उनि संग जाने सहयोगीको जागिर चट हुने थियो त्यो भएन ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters