[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 मेरो एउटा घर छ
[VIEWED 13871 TIMES]
SAVE! for ease of future access.
Posted on 06-23-08 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ भन्दा धेरै पर, मेरो एउटा घर छ

त्यहाँ मेरै चिन्ता, फिक्री मेरैलागि डर छ!!

 

जहाँ, मेरा बाबा आजपनि,

अनायसै मलाई बोलाउनुहुन्छ रे

मलाई नै संझी आमा

घन्टौं घन्टा टोलाउनुहुन्छ रे

मेरो भाइ प्रत्येक पल

मलाई नै संझन्छ रे

बोलाएँ कि मैले भनी

निद्राबाट ब्युँझन्छ रे!

 

यहाँ भन्दा धेरै पर, मेरो एउटा घर छ

त्यहाँ मेरै चिन्ता, फिक्री मेरैलागि डर छ!!

 

 

जहाँ, हरेक पारिवारिक जमघटहरुमा

कति आँशु पोखिन्छन् रे

हिंड्दा हिड्दै म जस्तै कोही देख्दा

कति पाइला रोकिन्छन् रे

म नभए नि जताततै

मेरै छायाँ छ रे त्यहाँ

माया, माया मात्र माया

मेरैलागि छ रे त्यहाँ

 

मैले केही नगरे नि जसलाई मेरो भर छ

यहाँ भन्दा धेरै पर मेरो एउटा घर छ!!!

 

 

 


 
Posted on 06-23-08 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ! वाह ! चेली,

मन नै छुने कबिता!

मेरो कहिकतै   घर छैन,
त्यसैले कुनै भर छैन।


 
Posted on 06-23-08 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ पनि हेर तिम्रो आफ्नै घर छ
साथमा जीवन यात्रा गर्ने हमसफर छ

आमा बुवा सधैँ हुन्नन् आफ्नो वरिपरि
यादमा उनको आफुँलाई नसताउ घरिघरि
माया र भरोसाले सझिएको आफ्नै घर छ
साथमा जीवन यात्रा गर्ने हमसफर छ

छोरी मान्छे पराई धन पराई आफ्नो ठान्नु
भाग्यमानी रहिछौ तिमी मेरो कुरा मान्नु
अतुल ज्वाइँसाब सहितको सुन्दर घर छ
उनलाई पनि जीवनमा केवल तिम्रै भर छ

यहाँ पनि हेर तिम्रो आफ्नै घर छ
साथमा जीवन यात्रा गर्ने हमसफर छ

साह्रै राम्रो कविता लेख्यौ चेली तिमीले!


 
Posted on 06-23-08 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Thuldai,

कुम्लेदा!! हजुरका हरफहरुले फेरि आँखा भरिए मेरा!!

Thanks for the support.


 
Posted on 06-23-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो जस्तै मेरो पनि धेरै पर घर छ
बाबा,आमा र भाईलाई मेरै चिन्ता हर पल छ
नातेदारले घर ढाक्दा मेरै बारेमा सोध्छन रे
फोटो हेर्दै  मेरी आमा कती परेली भिजाउछिन रे

सँगै बिताएका क्षणहरु सम्झी भाई अझ भन्छ
हजुर बिना को घर जहिले पनि सुन्य हुन्छ
मेरो कुरा गर्दा अझै बाबाको आँखा रसाउछन रे
स्वाभिमानी मेरी छोरी भनी मन बुझाउनु हुन्छ रे

मेरा साथी घर आउँदा म नै आएको ठान्नु हुन्छ रे
बिमारी ले खाट्मा पार्दा छोरी भनी रुनु हुन्छ रे
कहिले लाग्छ कती स्वर्थी, कर्तब्य पुरा गरेकी छैन
मलाई सम्झी आशु झार्दा, मलाई कहिले थाहा नै हुन्न

गर्न सक्छु केबल यती उहाहरुको सपना साकार पार्न
यही हुन अब मेरा लक्ष, बाटो कहिले भुल्नु हुन्न
बाबा आमा र भाईलाई जस्तै मलाई पनि पिर छ
उहाहरुको सम्झनाले कयौ रात मलाई पनि झकाउछ  

 

चेली कस्तो भाबुक बनायौ मलाई एका बिहानै , एकदम राम्रो लाग्यो तिम्रो कबिता, मलाई पनि मिल्ने    


 
Posted on 06-23-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यता पो रहिछ त चेलीको कबिता। तिनै जनाले भवुक बनाए असाध्यै।


 
Posted on 06-23-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली सार्है राम्रो कबिता


दिपु बहु-प्रतिभसाली त तिमीलाई भन्न पर्ने रहेछ। जुन क्षेत्रमा पनि बेतोड

 


 
Posted on 06-23-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो आशु नै आयो

 तिनै जना को कविता  कस्तो  राम्रो।

 घर जान मन लाग्यो


 
Posted on 06-23-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhab gajjab cha.
 
Posted on 06-23-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह!! चेली नानी गजबको भावना छ!!

यसले त साह्रै नै मन छोयो‍

""यहाँ भन्दा धेरै पर, मेरो एउटा घर छ

त्यहाँ मेरै चिन्ता, फिक्री मेरैलागि डर छ!!""

 

कुम्लेको जवाफ र दिपीका नानुको पनि उस्तै रेछ!!

 

वाह!! 


 
Posted on 06-23-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो छ् चेली। आफुलाई त एस्तो लेख्न नआउना ले होल धेरै बखान गर्न पनि आउँदैन तर राम्रो लागेको लाई धेरै राम्रो छ् भन्न चै आउछ.
 
Posted on 06-23-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली अनी दीपीका, मलाई धेरै भाबुक बनायौ
भक्कानो छुटायौ, घर परिवार, दाजु भाई सम्झायौ

मेला पात चुल्हो चौको मेरी आमा रुन्छिन रे
अड्डा घर साथिभाई मेरा बाबा गम्छन रे

मेरो बोलि फुटेको त्यो, क्षण सम्झि टोलाउँछन
पराइ धन! छोरि भनि कठै चित्त बुझाउँछन्

कुम्ले, हो मेरो नि यहाँ एउटा सुन्दर घर छ
बुबा आमा नातागोता सात समुन्द्र पर छ

आमा बुबा भेट्न दिदी माइत जान्छिन शनिबार
कठै मेरो कर्म यस्तै तडपिन्छु म बार बार

 

चेली कस्तो भाबुक बनायौ मलाई एका बिहानै , एकदम राम्रो लाग्यो तिम्रो कबिता, मलाई पनि मिल्ने    


 
Posted on 06-23-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली बैनी, साह्रै मन छुने हरफ लेखेछौ त।  गजबको भावना छ !!

कुम्ले दाई र दिपी अनी सान्नानी को जवाफ पनि उस्तै रे छ!!

सम्झना आउँदा मन बुझाउन केवल फोटो कै भर छ।
हजारौं कोस पर मेरो पनि एउटा सानो, सुन्दर घर छ।

Last edited: 23-Jun-08 10:59 AM

 
Posted on 06-23-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका, यस्तै रहेछ जिन्दगी !! हाम्रो घर-परिवारको यही मायालाई हामीले आफ्नो शक्ति बनाउनु छ होइन त?

रिठ्ठेब्रो, यस्तै भन्या कस्तै ? सबै रुन्चे भन्न खोज्नुभा ?

चिप्लेज्यू, अन्त कता खोज्नु भा थ्यो र हजुरले मेरो कविता?

कलेजोजी, राम्रो मानिदिनुभएको मा धन्यवाद!!

पिया, मलाई नि घर जान मन लाग्यो !!!

शिरिषदाइ, धन्यवाद! खासमा यो कविता मैले सोचेर, मिलाएर लेखेको होइन, जस्तो लेखियो, त्यस्तै लेखें !

माल्दाइ, धन्यवाद!

विष्टदाजु, धन्यवाद! म नि आफ्नो नाउँ नेपालीमा लेखुँ कि भन्ने सोच्दैछु!!

सान्नानीदिदी (जति सानी भए नि दिदी भन्छु ल?), हजुरले नि भावुक बनाउनुभो मलाई –

मेरो बोलि फुटेको त्यो, क्षण सम्झि टोलाउँछन
पराइ धन! छोरि भनि कठै चित्त बुझाउँछन् – So true

नेप्चे दा, धन्यवाद!!!! सबैको उस्तै हो कहानी !!  

 


 
Posted on 06-23-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको साझा उद्घाटन एही बाट भयो, भाबुकताले भरिएको। जय होस् चेली को।

सबका सब दाजु बहिनीहरु भेला भएर कोहोलो गरेछन।

अनिखेरिन, उमेरका धर्काहरु केरिदै जादा वास्तविकता फरक हुँदै जाने रहेछ। आफ्नो त अब बाबा टोलाई रहन सक्नु हुन्न। तरपनी मेरो आफ्नै संसार, मेरी आमा, दाइहरु र बहिनिको, उसरी नै झेलिरहेछन, यो पर्देशिको अभावलाई। उहिले कोरेको र पहिलेनै साझामा राखेको यो कबिता फेरी एकपटक।

-------------------------------
तल्लो टाहारमा अनौ समाउदा,
मेरो दाई सम्झनुहुँदो हो,
मैले हालेका बिऊहरु!

अँगेनाभरि ढोडको हुर्हुरे बाल्दा,
मेरी बहिनी सम्झँदि हुन्,
मैले पोलेका सुठुनीहरु!

घरपछाडिको तामा फब्ल्याटाऊदा,
मेरो बुबा सम्झ्नु हुँदो हो,
मैले काडेका चोयाहरु!

सकिनसकी ढिँडो मस्काऊदा,
मेरी आमा सम्झँदि हुन्,
मैले कोरेका कुँडेहरु!

असरल्ल स्म्रितिका घ्याम्पाहरु,
म कुन चाहिं पहिला फोडौं,
कुन् चहिं पछि?

मेरो रातमाटे उस्तै रातो होला,
म पहेँल्ली सकेँ;
मेरो चिसापानी उस्तै चिसो होला,
म सुख्खा भइसकेँ।

मेरो केराघारी,
घरीका घरी उपहारहरु बोकेर
मेरो प्रतिक्ष्या गर्दो हो;
मेरो आरुवारी,
लटरम्म कोसेलीहरु बोकेर
मेरो बाटो हेर्दो हो।

भाग्यको पखावारीमा
कर्मको तुईन तान्दा तान्दा,
म त बेफुर्स्दी बनेछु।

न ढिंडो, न गुन्द्रुक्,
न ढोड, न हुर्हुरे;
न मकैको बिऊ,
न हाँडीको घान्;
न चित्राको चोया,
न छारीको फरिको।

म त अल्मलिएछु,
कन्क्रिट्का जंगलहरुमा;
तथाकथित् पुस्तकहरुसंग,
संग्धिग्न सपनाहरुसंग।

छ्यास्छ्यास्ती काँडाहरु बिझेका छन्,
सुँगुरेका;
तनभरि - मनभरि,
गाऊँ छोड्दाका।

मेरो सानो घर, मेरो सानो सन्सार,
मेरी प्यारी आमा, दाजु, बहिनि, वावा।

त्यो चुलो - त्यो पँधेरी,
त्यो गोरेटो - त्यो अँधेरी;
त्यो ओदान् - त्यो चुलेसी,
त्यो आँगन् - त्यो वलेसी;
त्यो दलान् - त्यो सँघार्,
त्यो मतान् - त्यो जँघार्।

त्यो गोठ, मेरो सिन्धुरे गोरु,
त्यो खोर, मेरो घोर्ले खसी;
पारी डुँडको खेत,मैले लगाएका आलीहरु;
चिलाउनेको हलो,मैले ठोकेका फालीहरु।

अवत असह्य भयो;
म अरु सक्दिन
मेरा अस्थित्वहरुलाई उसिनिरहन।

असुरोको पातमा केराको घरी पकाउँदै गरे आमा,
हाटमा आएको रोज्जा चाहिँ खसी किनिराखे वावा।

मेरो लट्टाईमा धागो र माड लगाईदिराखे दाजु,
मेरो मादलमा असली खोरी हालिदिराखे दाजु।

मेरो खाट्मा दिङ्लाको राडी ओछ्याइदिराखे बहिनि,
मेरो ठेकीमा एकराते दहि जमाईदिराखे भाउजु।

सारा अप्ठ्याराहरुलाई पाईतालाले कुल्चेर,
तपाईँहरुको प्यारो सनोकान्छो,
यसपाली त फुत्त फुत्त उफ्रदै हुनेछ,
पाख्रिवासको ओरालोमा;
दशैँको टीका, जमरा र आसीश थाप्न।

 
Posted on 06-23-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जहाँ, हरेक पारिवारिक जमघटहरुमा

कति आँशु पोखिन्छन् रे

हिंड्दा हिड्दै म जस्तै कोही देख्दा

कति पाइला रोकिन्छन् रे

म नभए नि जताततै

मेरै छायाँ छ रे त्यहाँ

माया, माया मात्र माया

मेरैलागि छ रे त्यहाँ ..."  

मेरै लागि लेख्दे जस्तो ----
wah चेली सलाम तिमीलाई,, हामी सबै को भाबना यस्तो राम्रो शब्द मा उनिदेको ma  

बाँकी, Camoflaged, Dipu,Pretty and Surnalat ji  का कबिता पनि एक से एक रहेछन।


 
Posted on 06-23-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह सुन्तलेज्यू दामी गयो!!

pjna, धन्यवाद


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters