[Show all top banners]

nirapeksya samaya
Replies to this thread:

More by nirapeksya samaya
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सलिनाको ऐना
[VIEWED 15725 TIMES]
SAVE! for ease of future access.
Posted on 07-28-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

कोहि डेरा सर्दैछन् जस्तो छ,पल्लो घरकि करुणा आफ्नी आमालाई भन्दैथिई जव सलिनाको बाबुले सानो ट्रकमा सामान सार्दैथियो।

सरकारि कर्मचारी हो रे,कताबाट सरुवा भएर आएको,आमाले पनि थपी।

 

निकै कम वोल्ने सलिनालाई नयाँ ठाउँमा घुलमिल हुन अप्ठेरो परिरहेको थियो। +२ भर्खर सकिएको थियो।अव पढ्नु पर्दैन भनेर बाबुले सलिनालाई भनिसकेका थिए। +२ पनि चार वर्ष लगाएर सकाएकि भएर पनि होला ऊ आफैँलाई पढ्ने मन थिएन।साथिहरु को कहाँ पुगे पुगे थाह थिएन।यौटा टिभि मात्र थियो ऊनको साथी। बाबु चाँहि सलिनाको एक्लोपनको झल्को पाएपछि भने,पल्लो घरकि करुणालाई साथी वना न,यसो कहिलेकाहि जानु,कहिलेकाहि ल्याउनु,गफगाफ गर्नु,कति धुमधुमति बस्छेस्  कोठामा मात्रै?

हुन्छ बाबा

 

नयाँ साथी बनाउने फरासिलो गुण सलिनाको कहाँ थियो र?बाबुले करुणालाई नै एक दिन कोठामै ल्याएर सलिनासँग परिचय गराईदिए।सलिनालाई राहत मिल्यो।

 

एक दिन करुणासँग वजार गएको वेला सलिनाले यौटा ऐना किनिन्।ऐना केहि ठूलो थियो। निकै रहरले किनेकी सलिनाले ऐना।टिभि र करुणापछिको तेस्रो साथि थियो ऐना,तर छोटो समयमानै ऐनाले सलिनाको सामिप्यता पाउन सक्यो जुन न टिभिले न करुणाले पाएका थिए।

 

सलिनाको आमा बितेको छ वर्ष भएको थियो।दाज्युभाई कोहि पनि थिएनन्।बाबु छोरी मात्र भएकाले होला सलिनाको घर काम नै केहि हुन्नथ्यो।दुइजनाको लागि खाना वनाउनु,कपडा धुनु र कोठा सफा गर्नु,त्यत्ति न हो।जागिर उनले खोज्ने त्यस्तै हो,बाबुले पनि खोज्दिन सकिरहेका थिएनन्।भएकी यौटि साथी करुणा त बि.बि.एस्  पढ्दै थिई।दिउसो ऊ घर हुन्नथिई।टिभि हेर्दा वाक्क लागेपछि ऊ ऐनाअगाडि बस्ने गर्थी।

 

सलिना मनमनै सोँच्दैतथिई ,डन्डिफोर आएछ फेरि।दुवै हातको चोर औलाले विस्तारै निचोरेपछि फेरि सोँची,डन्डिफोर त निचोर्न हुन्न भन्छन्।…………आज मेरो अनुहार अलिक नराम्रो देखिएछ।फेयर एण्‍ड लभ्ली पनि सकिएछ।करुणाको जस्तो मेकअप किट किन्न बाले पैसा दिन्नन्,आफ्नो कमाई छैन।वरु शनिवार करुणालाई नै मेक अप गरिदे भन्नु पर्ला। ……ल शनिवार त भोलि त हो नि

 

शनिवार आयो ,मेकअप भयो,यि त सामान्य भए तर केहि फरक खोजेको सलिनाको मनले बाबुको वाक्य सुनेपछि हच्कियो।अर्को हप्‍ता तलाई हेर्न केटो आउदै छ

 

बिहेको कुरोपछि त सलिनाले टिभि चटक्कै छोडिन्।करुणा त कति नै वेर उनिसँग हुन्थिन् र,अव मात्र ऐना थियो।दिन रात ऐना ऐना मात्र ऐना।ऐना अगाडि उनको मन सारा दुनिया डुल्थ्यो।ऐनाकै अगाडि उनि अतितमा पुग्थिन् त कहिले भविष्यमा,कहिले परि वनेर स्वर्ग पुग्थिन् त कहिले दानव भई  नर्कमा पुग्थिन्। खेलाडि, कलाकार, गायिका, नेत्री, व्यापारि, शिक्षक, डाक्टर, ईन्जिनियर आदि सवै वनिसकेकी थिई।

 

केटो हेर्न आउन चार दिन बाँकि हुँदावाट त उनि ऐना अगाडि बोल्नै थालिन्।उनि यति सहर्ष वोल्न थालिन् कि लाग्थ्यो कोहि उनिसँगै छ कोठामा।केहि क्षण त  विस्तारै वोलिन् तर पछि ठुलै आवाजले नै वोल्न थालिन्।विहेको कुरोले खुसि थिईन् सलिना।

 

केटो हेर्न आउन तिन दिन बाँकि हुँदा उनले काल्पनिल पात्र निर्माण गरिन् ऐनामा।त्यसको नाम पनि सलिना नै थियो,वा भनौ दोश्रो सलिना थियो।अब दुईजना सलिनाबिच वार्तालाप हुन थाल्यो।दुवै सलिनाको संवाद पहिलो सलिनाले गर्थिन्।दुवै सलिनाविच प्रेम,झगडा,रीस आदि सवै भयो।

 

केटो हेर्न आउन दुई दिन बाँकि हुँदा त दोश्री सलिना जो अलिक रिसालु र आक्रामक थिई,पहिलो सलिनालाई नाँच्न लगाई।खासै ननाच्ने सलिना नाच्न थालि।दोश्री सलिनाले पहिलो सलिनालाई विभिन्न चुनौतिहरु दिने गर्थिन्।झर्किदै,रिसाउदै पहिलो सलिना सवै काम गर्ने प्रयास गर्थिन्।

 

केटो हेर्न आउन एक दिन मात्र बाँकि हुँदा त दुवै सलिनाको रिस एक अर्काप्रति मरिसकेको थियो।त्यसदिन उनिहरु महिला छात्रावासमा केटिहरु झुम्म भएर गर्ने जस्ता कुराहरु गर्न थाले।मन्द मुस्कानसहित दोश्रि सलिनाले पहिलो सलिनाको स्तन देखाउन लगाई।खित्त खित्त हास्दै पहिलो सलिना विस्तारै सर्वाङ्ग भईन्।पहिलो सलिनालाई दोश्रिले जिस्काईन्।लजाइरहेकि सलिना झन् लजाइन्।ज्यानसँग एकछिन खेलेपछि सलिनाले कपडा लगाइन्।टेबुलमा राखेको घडि तानेर लगाउना खोज्दा ठूलो ऐनाको छेउमा भएको सानो ऐना भूँइमा खस्यो र फुट्यो।सलिना झँस्किइन्,कुनै नराम्रो घट्नाको संकेत हो कि।

 

केटो हेर्न आयो।साधाराण औपचारिकतापछि सलिना र केटोलाई एकछिन सँगै कुराकानि गर्ने अवसर दिईयो।कुराकानी भयो।केटाका परिवार फर्किए।

 

केटो फर्किएपछिको केहि क्षणमा नै बाबु बाहिर निस्किए भने सलिना ऐनाअगाडि बसेर आँसु चुहाइरहेकि थिइन्।दोश्रि सलिना पनि रोइरहेकि थिइन् र उनिसँग पहिलो सलिनाले सोधेको प्रश्‍नको उत्तर थिएन।सलिना केटासँग भएको कुराहरु सम्झिरहेकि थिइन्।कुराकानि हुँदाहुदै केटो झर्किएको थियो,सलिनाले पनि कडा जवाफ दिएकि थिइन्।केटो जवरजस्ती आफ्नो बाबुको करले आएको, विहे गर्ने इक्षा नभएको र त्यसैले गलत कुराहरु गरि निहुँ खोजेको कुरा सलिनालाई थाह थिएन।त्यसैले सलिना कुन कारणले त्यो केटोसँग लगभग झगडाजस्तो भयो भनि सोचिरहेकि थिइन्।

 

सलिनाको आँसु चुहाउदै ऐना हेरिन्।केटोले उनलाई भनेको वाक्य उनको कानमा गुञ्जिरहेको थियो,आफ्नो अनुहार कहिल्यै ऐनामा हेरेकि छ्यौ?


 
Posted on 07-28-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great piece nirapeksya samaya

Have to appreciate the writing.

 

Nepali Thita

 

 


 
Posted on 07-28-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

writing syle is really good, kasto laya milayera lekheko ho


 
Posted on 07-28-08 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो अनुहार कहिल्यै ऐनामा हेरेकि छ्यौ?
ramro chha

 
Posted on 07-28-08 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wonderful style of writing. praiseworthy.


 
Posted on 07-28-08 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निरिपेक्ष समय जी ,
संभवत साझा मा तपाईंको पहिलो प्रस्तुती हुनु पर्दछ। तर लेखाइ को गुणस्तर, शैली र बिषयवस्तु निकै निखारिएको छ। लेख्दै गर्नु होस्, अझ राम्रा सिर्जनाहरु पढ्न पाइयोस।

 
Posted on 07-29-08 6:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निरपेक्षजि ,

राम्रो छ । साझा मा शायद अर्को प्रतिभा को जन्म होला !

हब्बिको लागि मात्र लेखेको भए त यो भन्दा राम्रो कथा हुनै सक्दैन तर अझ निखार ल्याउनलाई  मैले बुझे अनुसार यो कथा को बिच भाग थोरै छोटो भयो अलि कति लम्ब्याईदिएको भए कुराहरु स्पष्ट खुल्ने थिए होला । for the theme u r trying to convey ! बिषयबस्तु र प्रस्तुति उत्तम छ । यो मैले एउटा राम्रो शुभेक्षुक को हैसियत ले मात्र भनेको हुँ है ! कत्ति न जान्ने पल्टेको नभन्नुहोला !

अनि पिक अप लाईन "आफ्नो अनुहार कहिल्यै ऐनामा हेरेकि छ्यौ?
कथाको गहना लाग्यो , अरु पनि पढ्न पाईराखियोस् ।


 
Posted on 07-30-08 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परिपक्व लेखाई रहेछ तपाइँको!

अरु पनि लेखेर पोस्ट गर्नुहोस है?


 
Posted on 07-30-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पहिलो प्रयासको प्रतिकृयाको लागि धन्यबाद,प्रतिकृया नै मेरा लागि अबका दिनहरुका लागि उर्जा हुनेछन्।


 
Posted on 02-27-17 12:45 PM     [Snapshot: 3233]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters