[Show all top banners]

sajha_addict
Replies to this thread:

More by sajha_addict
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माओवादीको कुम्भकर्णे निन्द्रा
[VIEWED 9947 TIMES]
SAVE! for ease of future access.
Posted on 07-25-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

खगेन्द्र संग्रौला


जाजरकोटतिर महामारी सुरु भएको कति भयो ? काठमाडौँमा लुट र सोखमा डुबेका सम्भ्रान्त शासकलाई अझै थाहा छैन। महामारी झाडापखाला हो कि हैजा ? स्वास्थ्य मन्त्रालयका सुस्तमति र अल्छे अधिकारीलाई अझै थाहा छैन। मर्नेको सङ्ख्या कति पुग्यो ? राजनीतिक दलका सत्तालोभी बोसहरूलाई अझै पत्तो छैन। शब्दातीत आहको रूपमा जाजरकोट भेगको कोलाहलको शुष्क प्रतिध्वनिमात्र काठमाडौँमाथिको आकासमा मडारिइरहेछ। मानौँ जाजरकोट नेपालभित्रको आफन्त नेपाल होइन, दूरवर्ती पराइ टापू हो। मानौँ त्यस भेगका मानिस मानिस होइनन्, भुसुना हुन्। त्यसैले सुदूर पराइ टापूका मूल्यहीन भुसुना मर्नु कुलीन शासकहरू र सत्तालोभी दलनाइकेहरूका लागि किन पो चिन्ताको विषय बनोस् र ?


महामारीको विस्फोटसँगै उता जाजरकोटतिर हारगुहार र विलौना व्याप्त हुँदै थियो। यता कान्तिपुरी नगरीमा ? यस नगरीमा सुयोग्य माधवकुमार नेपालको अब्बल नेतृत्वमा बाइसमुखे सरकार बन्यो। माधव सरकारको कामको थालनी हाम र झ्वामबाट भयो। आप\mनो चरित्रको चिनारी दिँदै यसले हत्तपत्त राज्यको ढुकुटीमा हात लम्कायो। अनि गठबन्धन सरकारका ख्वामित्हरूलाई यसले एक अर्बभन्दा धेरै रकम बाँड्यो। को थिए ती भाग्यमानीहरू, जसलाई सबैभन्दा ठूलो शुभलाभ प्राप्त भयो ? लज्जास्पद यथार्थ भन्छ, ती महान् मनीषी एमाले प्रथम पुरुष माधव नेपाल र काङ्ग्रेसी द्वितीय पुरुष रामचन्द्र पौडेल थिए। नेपालले करोडभन्दा बढी रकम मुठ्याए, पौडेलले त्यसको आधाआधी। राज्यको ढुकुटीबाट खल्तीकरण गरिएको यो रकम स्रेस्ता मिलाएर खानलाई हो। यता यिनीहरू यसरी खाँदै थिए, उता जाजरकोटतिर मानिसहरू मरिरहेका थिए। रोग मामुली थियो। उपचार जटिल थिएन। सरसफाइ, पोसिलो खान्की, सफा पानी र जीवनजलका पोका पाए तिनका ज्यान बच्थे। तर, खाने धन्दामा लिप्त शासकलाई तिनको रत्तिभर वास्ता भएन। आफूलाई मोज छ। पहिचानविहीन र मूल्यहीन बस्तीका जीवहरू मरेर आप\mनो खती हुने आखिर के नै पो हो र ?


उता जाजरकोट, रुकुम, डोल्पा, रोल्पा, बाजुरा र डडेल्धुरातिर खबरविहीन खबर भएर मर्ने क्रम दिनानुदिन बढ्दो थियो। यता लम्पट शासनतन्त्रको अमानवीय नाट्यशालामा छाँट-छाँटका अभिनयहरू हुँदै थिए। उता त्यसरी मानिस मर्दै थिए, यता राष्ट्रपति यादव सडक खाली गरेर सोह्रघोडे बग्गीमा राजसी मुद्रामा सवार भए। उता त्यसरी मानिस मर्दै थिए, यता प्रधानमन्त्री माधव मानौँ देशमा पूर्ण अमन चयन भए सरी मग्न मुद्रामा इजिप्टतर्फ उन्मुख भए। उता त्यसरी मानिस मर्दै थिए, यता बाइसे सरकारका साझा संरक्षक जीपी कोइराला दिव्य सन्देशको उद्घोष गर्न गृहनिवास विराटनगर पुगे। उता जीवनरक्षा र शान्तिको त्यत्रो याचना थियो, यता नरसंहारकारी युद्ध निम्त्याउँदै कोइराला कुर्लिए - माओवादी लडाकुको समायोजन सेनामा हुँदैन, समाजमा मात्र हुन्छ। उता त्यसरी मानिस मर्दै थिए, यता रक्षामन्त्री भण्डारी जंगी अड्डाको प्रवक्ता भएर दिल्ली पुगिन्। दिल्लीमा तिनले मानिसको ज्यान जोगाउने औषधि होइन, ज्यान मार्ने हतियारका लागि पुकारा गरिन्। प्रधानसेनापति रुक्माङ्द कटवाल कोभन्दा के कम ? उता त्यसरी मानिस मर्दै गर्दा यता श्री कटवालले बकाइदा आदेश ठोकेर मुलुकभरिका सैनिक ब्यारेकमा आप\mनो महावाणी लेखाए। संस्कारवश यिनलाई लाग्दो हो, ज्ञानेन्द्रपछिको ज्ञानेन्द्र आखिर मै त हुँ। त्यो खान्दानी, त्यो वंश, त्यो शान र त्यो संस्कृतिको बिँडो मैले नथामिदिए कसले थाम्छ ? आखिर बिँडो थाम्ने जिम्मा बाइस मुखे गठबन्धनले दिएकै छ Û इजिप्टको सयर गरी फर्केका प्रधानमन्त्री माधव महामारी पीडितहरूलाई दर्शन र आश्वासन कृपा गर्न लौहचरीमा मुसिकोट पुगे। श्री माधव तेस्रो काँटको हास्य कलाकारको मुद्रामा थिए। यिनको मुहार र वचनमा उद्वेलन र चिन्ता शून्यप्रायः थियो। जीवनको भीख माग्न हात पसारिरहेका आर्त जनहरूको क्रन्दन श्रवण गर्दै ज्ञानेन्द्र शाहकै भाषामा यिनले भने - पीर गर्नु पर्दैन, सब ठीक हुन्छ। अनि यिनले मृतकका आहत परिवारजनलाई दस हजार रुपियाँ दिने आश्वासन दिए। हात्तीका मुखमा जीरासरहको त्यो दश हजार विपत्तिग्रस्त जनहरूप्रति गरिएको क्रूरतम ठट्टा थियो। श्री माधवले राज्यको ढुकुटीबाट धुतेको १६ लाख रुपियाँ आफूलाई पाकेट खर्च राखेर बाँकी एक करोड पीडितहरूलाई दिएका भए निकै मानिसको ज्यान बच्थ्यो। त्यो यिनको पैत्रिक सम्पति थिएन। न त त्यो यिनको श्रम, सीप र लगनको उपज नै थियो। तर किन दिन्थे ? लोकोक्तिले 'लोभको भाँडो उभिन्डो' त्यसै भनेको हो र ?


यी पात्रहरू फरक छन्। तर, प्रवृत्ति एकै हो। यिनको मति र मनोवृत्तिले भन्छ, यी सबै खलपात्र जातका जीव हुन्। यिनको ध्याउन्ना एक छ। यिनको धून एक छ। यिनको अभीष्ट एक छ। र, यिनको गन्तव्य एक छ। त्यो हो, जनादेशको अपमान गर्नु। जनअपेक्षाको उपेक्षा गर्नु। कथनीमा लोकतन्त्र र करनीमा भोगतन्त्रको अभ्यास गर्नु। र, बेथिती, अन्याय, अशान्ति र युद्धका जरामा मलजल हाल्नु। सके पश्चगमकै ध्वजा उठाउनु, नसके पितापुर्खाका पालादेखि खाइपाई आएको अख्तियार, दौलत, वर्चस्व र सुख-सयललाई यथास्थितिमा अकण्टक राख्नु।


खाओवादीको सनातन धर्म खानु हो। खानेहरू चिनिएकै हुन्। माओवादी ? जाजरकोट भेगमा मृत्युको आक्रमणमा परी मानिसहरूको त्यत्रो कोलाहल भइरहँदा कहाँ के गर्दै थियो माओवादी ? थाहा छ, अन्यवादीहरूझैँ ऊ पनि फुस्रा ओठ लिएर सत्तातिरै फर्केको थियो। सत्ताको न्यास्रोले उखर्माउलिएको ऊ दुई-तीन सातामा सरकार गिर्ने हावादारी जोखाना हेर्दै थियो। ऊ अबको प्रधानमन्त्री प्रचण्ड हुने कि कुनै जण्ड हुने भनी आपसमा गाँड कोराकोर गर्दै थियो। ऊ अबको पाइलो राष्ट्रिय सरकार कि जनविद्रोह भनी बेतुक ध्वनित हुने विवादमा अल्झेको थियो। आखिरमा जब मिडिया बोल्यो र माधव सरकारले कन्दै मुख खोल्यो, माओवादीलाई बल्ल जाजरकोट भेगको सम्झना भयो। र, थाल्यो ऊ अख्तियार र दायित्वविहीन माधव सरकारसँग व्यर्थको गनगन गर्न। माओवादीको यो गनगन जाजरकोटसम्बन्धी त्रासद कथ्यको पाद टिप्पणी हो। जनसाधारणले पाद टिप्पणीलाई पदुवा टिप्पणी भनी बुझ्लान्। यसो गम्दा कुरा ठीकै हो।


जाजरकोट भेगका नरनारीले जनयुद्धकालमा माओवादीलाई आफू भोकै, नाङ्गै, अनिदो र असुक्षित भएर पनि गाँस, बास, कपास र सुरक्षा दिएको थिए। तिनले जन र ज्यान पनि दिएकै हुन्। चुनावमा एकलौटीजसो मत दिएर माओवादीलाई सभासद् पनि बनाइदिएकै हुन्। तर लाग्छ, माओवादीले खोलो तर्‍यो, लौरो बिस्र्यो। आफू जन्मेको र हुर्केको, अप\mनो पहिचान र विम्व बनेको मातृथलोलाई माओवादीले यसरी बिर्सनु कृतघ्नता त हुँदै हो, धृष्ट शब्दमा भनुँ भने यो विश्वासघात पनि हो।


माओवादीसित युथ फोर्सको जमात थियो, जन मिलिसियाको जम्बोरी थियो। उसलाई पैसाको पनि कमी थिएन। माधव सरकारले स्रेस्ता मिलाएर खान सभासद्हरूलाई भर्खरै द-दस लाख बाँडेको थियो। त्यो रकम माओवादीले पनि बिना नैतिक प्रश्न हात थापेकै हो। त्यो विशाल रकमराशिले, त्यो लुटको थैलोले जाजरकोट भेगका निकै मानिसको ज्यान बचाउन सक्थ्यो। माओवादी सिंहदरबार, बालुवाटार दरबार र शितल निवास दरबारमा घेरा हालेर शासकहरूका स्वार्थ लम्पट दृष्टि जाजरकोट भेगको अकथनीय पीडातर्फ डोर्‍याउन पनि सक्थ्यो। तर, जाजरकोट भेगमा त्यत्रो कोलाहल हुँदा पनि माओवादी यतिका दिनसम्म कानमा तेल हालेर चुपचाप बसिरह्यो। माओवादी अरूलाई खाओवादी भन्छ। तर, यो अकर्मण्यता, यो संवेदनहीनता र यो कृतघ्नताले उसलाई खाओवादीमै कायाकल्प गरिरहेको छैन र ?


अकल्पनीय महामारीको कालो छायाँमा परी करुण क्रन्दन गरिरहेका मृतात्मा र जीवितहरू क्रोधाग्निले जल्दै आफैँलाई सोधिरहेका होलान् - कुम्भकर्णे सपनामा जाजरकोटको कोलाहल सुन्दै यतिका दिनसम्म कहाँ निदाइरहेको होला माओवादी ?


Source: nagariknews.com


 


 
Posted on 07-25-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK.. finally this crazy guy woke up and wrote something against Maoists...  Looks like Khagendra is not getting anything from Maoists anymore after they were out fo govt. ha ha.. Labhi bahun  karayo  - Dakchhina Harayo !!!!!!
Last edited: 26-Jul-09 10:40 PM

 
Posted on 07-26-09 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Looks like nobody in sajha care anymore about this Bahun Khagendra Sangraula.....

 
Posted on 07-27-09 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What a pity? I see some xenophobes are hanging around here in the entanglement of racism. Good work Mr P. you hit some monorics right in the spot.
 
Posted on 07-27-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CHANGE  ? WHAT FUGGING CHANGE ?  AS A MATTER OF FACT THINGS ARE IN THE FUGGING BOTTOM OF THE PIT IN NEPAL.  GOVERNMENT OFFCIALS ARE MORE CORRUPT THAN EVER BEFORE(have shit loads of evidence).  LAW AND ORDER IS NEXT TO NON EXISTANT.  NEPALI CITIZENS ARE SCARED AND UNCERTAIN THAN EVER BEFORE ABOUT THEIR FUTURE.  UNEMPLOYMENT HAS GONE THROUGH THE CEILING.  THESE MAOISTS HAVE NOT DELIVERED ON ANY OF THE SHIT THEY PROMISED.


 


WTF !!!!!


OUR NEPALI BHEDAS NEED TO WAKE UP AND DRIVE ALL THESE ASS TALKERS OUT OF POWER.


 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters