[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 173253 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-14-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो यहाँ त दसैंको कुरा पो चल्दै रैछ त ।
मिस् नमस्ते है,
सान्नानी, कुम्ले, चित्रे, नमे लगायत सम्पूर्ण बन्धुहरुलाई ह्यान्ड्शेक् है।
बिरामी हुने मौसम लागे जस्तो छ नि, म पनि बिरामी पो छु त ।
अगि भर्खर ओखति लियेर आएको हस्पिटल बाट ।
ल म आराम गर्न लागे है,
मिस् दुई दिनको यम सि दिएको छ डाक्टरले,
हाजिर नगरि टाप है।
दुई दिन छुट्टी स्कुल बाट ।
 
Posted on 09-14-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, सान्नानी, कहाँ हुनु र म ठूलो मान्छे? मिटिङ् चाँडो सिद्द्याएर अरू भागे, अनि म नि यसो १ घण्टा आराम गरेक नि :)

मास्टर्नी दिदी, म सानै मान्छे हुँ. :)

मिस्टे, ल राम्ररी आराम गर्नु
 
Posted on 09-14-06 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D प्रिती
घलेक ---महिलाले एकसाइड हुनेगरि गाठो पारेर गादो जस्तो लगाउने कपडा


मिस्टे आराम गर्दा हुन्छ नि चुलबुल नगरे चाडै ठिक हुन्छ :):)

चित्रेभाइ सानो हौ र
तिमी ?:):)
 
Posted on 09-14-06 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehehehe!! Sannaani!!
 
Posted on 09-14-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि मिटिङ मा गए ल .... अनि एक छिनाँ छुट्टि पनि माग्नु पर्ला ( मनमनै .... सप्पै मिटिङ अरेर ठुलो मुन्छे हुनि रेचन, लौ जाssssssss !!! म नि मिटिङ अर्चु) सान्नानी जाउ तिमी नि मिटिङ अर
:D :D :D
 
Posted on 09-14-06 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि मिटिङमा सिटिङ गर्न गा’को त ठुला बडाको कुरा सुनेर दिमागै रेटिङ। अनि चिटिङ् गरेर त्याँबाट सुटुक्क निस्किङ। था’ पायो भने बोसले पिटिङ। अनि गर्नु पर्छ कुरो मिला’र सबै ठिक फिटिङ। एउटी त साह्रै राम्री थि, मन लायो हर्न हिटिङ, तर डरले मनको कुरो मन मै किटिङ। मिटिङमा नि सुईटर बुन्दै गर्दै थिईन निटिङ।
 
Posted on 09-14-06 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"स्वयम्भु भनेको बुद्धको गुम्बा हो। यहाँ आएपछि मन त्यसै शान्त हुन्छ। त्यहि भएर अझ यो ठाउँमा आएर Meditation गर्यो भने त्यस्को आनन्द नै बेग्लै हुन्छ।" पूजाले मानसलाई सम्झाँउदै थिइन्।

मानस र पूजाको भेट भएको धेरै भएको थिएन। तर थोरै समयमा तिनीहरुले एक आपसलाई राम्ररी चिनेका थिए। सोच्ने तरिकाको हिसाबले हेर्ने हो भने उनीहरुमा निकै भिन्नता देखिन्थ्यो तैपनि सार्‍है राम्रो जोडी देखिन्थे।

"मानस! मैले भने नि तिमीलाई, यहाँ बस अनि त्यो स्वयम्भुको आँखालाई हेर, तिम्रो मन त्यसै आनन्दित हुनेछ" पूजाले मानसलाई तानेर आफ्नो छेउमा बसालिन।

"एकछिन न! उ त्यहाँ बाँदरहरु हेर न कस्तो राम्रो तरिकाले खेलिरहेका, त्यो हेरुम न एकैछिन" मानस को ध्यान छेउमा रहेका एक जोडी बाँदरहरुमा थियो।

"लौ म के कुरा गरिरहेकी छु तिमी भने बाँदर हेरेर बस्ने?" पूजालाई चित्त बुझेन।

"हो भन्या! कस्तो रमाइलो छ के" मानसले पूजा तिर हेर्नपनि भ्याएन।

छेउमा रहेका एकजोडी बाँदरहरु एक आपस सङ्ग जिस्किरहेका थिए। घरि एउटा लुक्थ्यो अनि अर्कीले उस्लाई खोज्थी अनि फेरि उस्को लुक्ने पालो हुन्थ्यो। मानस त्यो बाँदरको खेल देखेर खित्का छोडी छोडी हाँसिरहन्थ्यो।

"मानस! तिमी के भाको? अर्काको खेल देखेर पनि मनमा शान्ती हुन्छ, तिनीहरु लाई एक्लै छोडी देउ न, यहाँ बसेर एकछिन आँखा बन्द गर कस्तो Peace हुन्छ मनमा" पूजाले निकै कर गरिन।

"त्यसरीमात्र Peace हुन्न के मनमा, त्यो बाँदरलाई हेर न, हामीले पनि केहि सिक्छौँ के तिनीहरु बाट, मलाई त कता कता त्यो बाँदरको अनि मेरो दिमाग उस्तै उस्तै लाग्छ। त्यस्को खेल्ने तरिका हेर त, म र त्यस्मा कस्तो Similarity छ" मानसको पुरै ध्यान ति बाँदरहरु तिर थियो।

"त्यहि भएर त तिमीलाई मैले पहिले देखि भनेको नि, तिमी मेरो Type को होइन भनेर" पूजा जुरुक्क उठिन र स्वयम्भु को पस्चिम तिर पर्ने पर्खाल तिर लागिन।

"पूजा, तिमी कता जान लागेकी?" मानसले सोध्यो।

"त्यहाँबाट Sunset राम्रो देखिन्छ म त्यहि हेर्छु, तिमी आउने भए आउ म सङ" पूजाले भनिन्।

"ल ल तिमी जाउ म एकछिन यिनीहरुलाई हेर्छु" मानसले जान मानेन।

ति बाँदरहरु खेलिरहेका थिए। पूजा पर गएर छितिजमा डुब्न लागेको घाम हेर्दै थिइन् अनि मानस ति बाँदरहरु हेरेर रमाइरहेको थियो।

बाँदरहरु एकछिन खेलेपछि, बाँदर्नी चाँहि पूजा बसेकै पर्खाल तिर लागी अनि त्यो बाँदरपनि उस्को पछि पछि लाग्यो।

मानस त्यहाँ एक्लो भयो। अनि उ पनि तिनीहरुको पछि पछि लाग्दै पूजा तिर लाग्यो।

पूजा अस्ताउन लागेको घाम हेरिरहेकी थिइन्। मानसले छेउमा गएर उनको कुममा आफ्नो कुमले धक्का दियो। पूजाले उनलाई हेरिन् अनि मुसुक्क हाँसिन्।

"देख्यौ त मानस, मनको शान्ति पाउन अर्काको खेल हेर्ने होइन प्रकृतिको यो रमाइलो खेल हेर्नुपर्छ, मनलाई सार्है आनन्द हुन्छ" पूजाले मानसको कुममा टाउको राख्दै भनिन्।

"मैले त अघि देखिनै भनिरहेको हो नि, त्यो बाँदरबाट मैले धेरै कुरा सिक्न सक्छु भनेर, त्यो पनि उस्को साथीको पछि पछि आयो, अनि म पनि तिम्रो पछि पछि आएँ" छेउमा सुर्यास्त हेरिरहेका त्यो बाँदरको जोडीलाई देखाउदै मानसले भन्यो।

छेउमा रहेका ति बाँदरहरु एकनास त्यो सुर्यास्तको रमणिय दृश्य हेरिरहेका थिए। पूजा ति बाँदरलाई हेर्न थालिन् अनि तिनीहरुको मायालाई महसुश गर्न थालिन्।

मानस अस्ताउन लागेको सुर्यलाई हेर्न थाल्यो अनि त्यो साँझको आनन्दमयी बातावरणमा हराउन थाल्यो।

बिस्तारै बिस्तारै घाम डुब्दै गयो अनि अध्यारो हुन थाल्यो। ति बाँदरहरु सङै बसिरहेका थिए। पूजा ति बाँदरलाई हेरिरहेकी थिइन्, मानस त्यो सुर्यास्तमा रमाइरहेको थियो।

सुर्यास्त सङ्गै ति बादरहरु छेउको जङल तिर लागे। पूजाले आफ्नो आँखाले भ्याएसम्म तिनीहरुलाई हेरिरहिन्। मानस आकाशमा देखिने सुर्यास्त पछि को गुलाबी रङमा हराइरह्यो।

अनि पूजातिर हेरेर सोध्यो, "पूजा के म साच्चि तिम्रो Typeको छुइन त?"

पूजाले उसलाई हेरिन् अनि मुसुक्क हाँसेर भनिन्, "ति बाँदरहरु कता गए होलान् हगि, भोली हामी तिनीहरुलाई खानेकुरा लिएर आउनु पर्छ है!"

"हुन्छ, यहि टाइममा आउने अनि Sunsetपनि सङ्गै हेर्नुपर्छ" मानसले पूजालाई हेर्दै भन्यो।

समाप्त
 
Posted on 09-15-06 2:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानी बेँशी शहरसम्म सँगै जाने भुनेसि बाटो काट्न सजिलो हुने भो, मनै ढुक्क भो!
ल, कुम्ले कुथा राम्रो छ.अरु नि पढ्न पाम्.

मानस:
घर त मेरो याँ हैन कुम्ले हो
पढाइ २ पास नाम मेरो कुम्ले हो
खेलौँ जुहारी
तिमी हामी घुम्न जाम्ला फेवाताल पारि... ... ...

 
Posted on 09-15-06 3:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हयात्तेरि
"लुम्ले" हो है अन्यथा हुन गे'छ.
 
Posted on 09-15-06 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey sorry busy baher aauna paina.
roll # 6 thuli
yes miss
 
Posted on 09-15-06 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई अहिले अलि सञ्चै छ । तर काम मा बिजी छु । सबैलाइ मेरो नमस्ते।
 
Posted on 09-15-06 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा नि राम्रो रेछ । तर , कसको कहानि पर्यो कुन्नि.....कुम्ले :)

नमस्ते सप्पैलाइ
 
Posted on 09-15-06 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले'रु हो !
लु बल्ल आइ पुगे, काठमाडौं, हिजो । जेट ल्यागले गर्दा हिजो दिनभरी र आज दिनभरी त सुत्या सुत्यै । चौतारीआँ गन्थन नि काँ पुगिसकेछ, अब फुर्सद मिलाएर हेर्नुपर्ला । यस्पालिको काठमाडौं यात्राको क्रमामा एउटा कथा नि तयार भा'को छ प्लेन मै बसी बसी, त्यो पनि फुर्सदमा युनिकोड्मा टाईप गरेर टाँस्नु पर्ला । ऐलेसम्म घरबाट बाहिर निस्क्याछैन तेइ भर काठमाडौंको चाहल पहल के कस्तो छ भनेर बताउन सक्दिन तर एउटा कुरा एअरपोर्टबाट घर सम्म जाँदा भिड्भाड चाइ अत्ती ......
लौ सप्पै जना इन्ज्वाइ गर्नुस् क्यारे, चौतारीमा आएर्, यता तिर त डाइल अपबाट नेट चलाऊनु पर्ने अति स्लो, तेइ भर नि पैला जस्तो नियमित हुन न सकिएला कि!
 
Posted on 09-15-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो बेलुका यसो हेरेको त चौतारी त अर्को पानामा पुगिसकेछ। अनि "अत्ति भयो!" भनेर बेलुका एकछिन बसेर केहि लेख्नु पर्ला भनेको दिमागमा एउटा केहि आउने होइन। अनि त्यत्तिकै बसिरहेको थिएँ "के लेखम?" भनेर सोच्दै, ठ्याक्क आँखा मेरो भित्तामा रहेको स्वयम्भुको चित्रमा पर्यो अनि त्यसैको सेरोफेरो राखेर कथा लेख्न थालेको त यस्तो कथा पो भएछ।

हे हे हे!!

अनि दादालाई मेरो जुन कथाको पात्र पनि कुम्ले नै हो जस्तो लाग्छ? ल ठिकै छ नि, मानस म भए पूजा चाँहि को होला नि, एसो भनिदिए यो मनलाई पनि अलि अलि राहत हुन्थ्यो, रे क्या!! :पि........ धन्यवाद!! फुर्सद निकालेर कथा पढिदिनु भएकोमा दादालाई।

अनि फेरि हाम्री मिसलाई सोधिहाल्न पर्ने "कस्को कथा?" भनेर। मानस अनि पूजाको कथा हो नि। मिसलाई त के भन्ने, मैले लेखेका कथाहरु एउटापनि "नराम्रो छ" भन्या होइन क्यारे। भाई नै मनपरेपछि भाईले लेखेका कुरा मन नपर्ने त कुरै भएन नि, हैन?

ग्वाँचेलाई तिम्रो त मोज छ नि यार! घरको खाना खाँदै चौतारी चियाउन पाउनु कस्तो रमाइलो हुन्छ नि, हैन?

ठुलि, तिमी सन्चो भयौ?? चित्रेपनि त सन्चो भयो होला नि। आजपनि मीटिङमै ब्यस्त छ जस्तो लागेको छ।
 
Posted on 09-15-06 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेलाई नमस्ते,

कुम्ले, मलाई सन्चो भो. आज कहाँ मिटिङमा व्यस्त हुन नि? खाली सिटिङ गरेर काम गरिङ गरिरा'छु, कति व्यस्त हो, शुक्रवार नि.

ग्वाँचे, ल मोज गर्नु नेपालमा.

ठूली, काममा व्यस्त हो?

रोल नं ८ चित्रे
हजूर मास्टर्नी दिदी
 
Posted on 09-15-06 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जहीले पनि लास्ट सिटमा बस्ने अनि कक्षामै उंघ््ने रोल नो ११ : हजिर छुं ।
 
Posted on 09-15-06 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आह आज त शुक्रबार, कति मज्जा ।
 
Posted on 09-15-06 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन आज सप्पै जना कहाँ मर्या हुन भन्या ? ?
 
Posted on 09-15-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D nice story kumle !
 
Posted on 09-15-06 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

11 Bravo ,चौतारि मा स्वागत् छ ।
रोल् न् ११ त आइते को हो त्यसरि आफै छानेर लिन पाइन्न , अनि नाम् पनि नया राख्दिनु हुन्छ जिम्माल् बा ले। :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters