[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी - ८५ --

[Please view other pages to see the rest of the postings. Total posts: 611]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 199810 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-01-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८५ --





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 85 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.







*गोताएँ दाइको ब्लग
*दौतारी बेला हुने ठाउं






 


आमा
यो दशैमा म टिका लाउन्न
मलाई आशिष नदेऊ शत्रुलाइ जित्नु भनेर
अहिले आफ्नै दाजु भाइ शत्रु हुदैछन ।

मलाइ खसि किन्न नपठाऊ
म खसि काटेको हेर्नै सक्दिन
आजकाल मधेसतिर मान्छे काट्दैछन।

भो अब मुक्तीनाथ पनि नजाउं
त्यो त अर्कै दैश भैसक्यो
अर्को जिल्लाकालाई आजकाल बाटो छेक्दैछन।

खराब कुरा चर्को बोलेर मुखिया अनि
लोकतन्त्र शब्दकोशमा शब्द थपेर
मान्छेहरु बिद्वान बन्दैछन ।

आमा तिमी पनि स्लोक फेर
टिकामा लोकतन्त्र ल्याउ
संविधान सभाको चुनाब सरेकोले
हामी टिका नलाउं ।


चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी
 
अब घर घरमा देउसी तथा तास खेलेर तिहारको तयारी

 
Last edited: 01-Nov-07 12:24 PM
Last edited: 01-Nov-07 12:24 PM

 
Posted on 11-06-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो वजनको नि आफ्नै कथा छ। हाइट ५ फीट साढे सात इन्च, वजन ४५ किलो। अब भन्नुस् कस्तो थियो होला आकार प्रकार। अस्थिपन्जर मा शर्ट पाइन्ट लगाएको अथवा "बुँख्या चा जस्तो"।
जति खाए नि न लाग्ने, बढि खाए अपच भै झण्डै टेकु अस्पताल लग्नु पर्ला जस्तो हुने।
जिन्दगीमा टी शर्ट, हाफ शर्ट लगाउन न पाइने भयो जस्तो लाग्थ्यो, किन कि हाफ शर्टमा हात पुरै देखिने । हड्डीलाई छालाको पतलो आवरणले ढाकेको।
इलाहाबादको हावा लाग्यो। पानी लाग्यो। बेस्मारी भोकमा धोतीको रोटी लाग्यो र आजको स्थितिमा छु।
अनि झ्याँकुटी गरे पछि त मायाले मोटाएं, अलकति भुंडी बढाएं।

 
Posted on 11-06-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सतित्व परिक्षण आधारहिन भएको शंका:

यस चौतारी गाउँको इतिहासमा नै नभएको सतित्व परिक्षण गराइपाउँ भन्ने बादि सुश्री किरजरी कायस्थको निवेदन माथि चौतारी अदालतको गम्भिर ध्यानाकर्षण भएको छ। युगौँ देखि आपसि मेल मिलाप, भाइचारा र प्रेम ले ओत प्रोत चौतारीमा आज सम्म प्रेम गर्नेले मात्र प्रेम गरेका र प्रेममा कसैले कसैमाथि हाल सम्म केहि शंका नउठाएको परिस्थितीमा, चौतारीकै एक सकृय सदस्य द्वारा आफ्नो प्रेमीको प्रेम माथि शंका गरि, प्रेमीको सतित्व माथी नै प्रश्नचिन्ह लगाउने काम वास्तवमा नै आश्चर्यजनक छ! यस बिषयमा गम्भिर छलफल र वादविवाद पछि चौतारी समाज यस निश्कर्षमा पुगेको छ कि, निवेदकले सतित्व भन्नाले सतित्व नै भन्न खोजेका हुन वा वफादारी भन्न खोजेका हुन प्रस्ट भएन। आज बेलुकि ७ बजे सम्ममा प्रतिबादि श्री च्याङ्बा दोर्जे च्याङ्बोचे लाई यस सम्बन्धमा केरकार गरि आरपीले लगाएको आरोप कतिसम्म सत्य हो पत्ता लगाइने छ।

प्रधान न्यायाधिश श्री नेप्चे नाथ न्यौपाने

सर्बोच्च अदालत

चौतारी

Last edited: 06-Nov-07 01:14 PM

 
Posted on 11-06-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्रामक खबरमा नफँस्नुहुन आग्रह:

यस चौतारी मुलुकको गरिमामय इतिहासलाई नै बिथोल्ने गरेर आज प्रकाशित केहि सुचनाको चौतारी बयोबृद्ध समाज घोर भर्तसना गर्दछ। चौतारी गाउँको राष्ट्रियता, स्वतन्त्रता, छेत्रियता, अखन्डता, सार्वभौमसत्ता र राज्यसत्तामा नै ठेस पुग्ने गरेर, चौतारी रस रंग महाशाखाका प्रमुख श्री लहरे लाल लाकौल द्वारा गठित कथित् चौतारी विवाह ब्रतबन्ध तदर्थ समिति द्वारा, आज प्रकाशित सुचनाले चौतारीकै बयोबृद्ध नागरीक बिर्ख बहादुर बोगटीको चरित्र तथा शान हत्या गर्ने प्रयास भएको छ। निज लाकौलले बिर्ख बहादुर बोगटीको सातौँ श्रिमतीको चाल चलन माथि प्रश्न गरि निजको चरित्र हत्या गरेका छन भने, आठ श्रिमती भएको थाहा पाइ पाइ सात भनेर निजको शान हत्या गरेका छन्। यस्ता भ्रामक, अतिरन्जित र अन्यौल समाचारमा नफँस्नुहुन चौतारी बयोबृद्ध समाज सबैलाई अनुरोध गर्दछ।

श्री राहुल भाई रायमाझी

अति बृद्दाधिपती

चौतारी बयोबृद्ध समाज

चौतारी


 
Posted on 11-06-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


किरजरी कायस्थको

 
Posted on 11-06-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आठ श्रिमती भएको थाहा पाइ पाइ सात भनेर निजको शान हत्या गरेका छन्।

 
Posted on 11-06-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्बाको सतीत्व झन् खतरामा भएको खुलासा,

पारी सोलुबाट एउटा १६ बर्से ठिटो नागरिक्ताको लागि बाउको नाम र ठेगाना चाहिने हुनाले च्याङ्बा भन्ने च्याङ्रा जस्तो भोटेलाइ खोज्दै आएको छ। उक्त केटोले १७ बर्स अघिनैं निजको आमा डल्ली मगरनीलाइ अंएरिका लैजान्छु र जन्ती लिएर लिन आँउछु भनी गन्धर्भ बिहेको सातौं दिनमा नैं च्याङ्बा हराएको कारणले डल्ली मगरनी जिन्दगी भरी पुरुस जातिको कुरालाइ बिस्वास नगर्ने प्रतिग्या गरी बसेको र छोरोलाइ बाबुको खोजीमा पठाएको कुरा जानकारीमा आएको छ।
अब झन् च्याङ्बाको सतीत्व खरानी हुन लागेको कुरा चौतारीमा हल्ला हुन थालेको छ।

हावादारि सुचना समिति,
सोलुखुम्बु


 
Posted on 11-06-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री राहुल भाई रायमाझी

अति बृद्दाधिपती

चौतारी बयोबृद्ध समाज

चौतारी

LOL

loL

LOL


 
Posted on 11-06-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण चौतारीवासीलाई नमस्कार!

आफ्नो निजी तथा सरकारी मामिलाले गर्दा केही दिनदेखी चौतारी चियाउन सम्म पनि नपाएकोमा क्षमा प्रार्थी छु।  अझै पनि केही दिन यस्तै सिलसिला जारी रहने देखिएकाले सम्पूर्ण चौतारी वासीहरुमा यसो चान्समा डान्स गरेर नमस्ते गरौं भन्ने हेतुले यो वक्त्ब्य जारी गरेको छु।  फेरी मौका मिल्ने बित्तिकै  चौका हान्न आउने जानाकारी दिदै मेरो यो दुई शब्द यही टुँग्याउने अनुमति चाहन्छु। धन्यबाद!


 
Posted on 11-06-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई मोटाएको रहस्य सार्वजनिक:

यस चौतारी बयोबृद्ध समाजका प्रमुख अति बृद्दाधिपती, ठुल्दाई भन्ने श्री राहुलभाइ रायमाझिले आज एक समारोह बिच आफु मोटाएको रहस्य सार्वजनिक गर्नुभएको छ। हजारौँ नागरिकको एक भेलालाई सम्बोधन गर्दै वहाँले भन्नुभयो, " कुनै समय थियो जब मान्छेले कोट ह्याङ्गरमा झुन्ड्याउनुको सट्टा वहाँलाई लगाइदिन्थे!" वहाँले उक्त समारोहमा बयान गर्नुभएको थियो कि कसरि अस्थिपन्जर बाट वहाँ आजको यस मन्जर सम्म आइपुग्नुभयो। दिलमा खन्जर हान्दै वहाँले सबैलाई नजर दिँदै भन्नुभयो बजारको हजार चिजबिझ ज्युनार गरेर मात्र जिउ तथा भुँडि, बढ्दैन यसको लागि त इलाहाबादि खाना र विवाह अत्याबश्यक छ। हामि आशा गर्छौँ, वहाँको यो आत्मवृत्तान्तले चौतारीका बहुसंख्यक विवाह उमर पुगेका दुब्लाहरु लाभान्वित हुनेछन्।

चौसस


 
Posted on 11-06-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा
लोल बिर्खे बा
हास्न मनाही छ भनेर टास्लान् भन्ने डर भो, गाँठे, अड्डामा।

 
Posted on 11-06-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                         बिर्खे बहादुर बोगतिको एउता बिहा लाई मान्यता नभएको ठहर

           बिर्खे बहादुर बोगतिको आठऔ पटक बिहा भयता पनि, उनले नबलक केटीलाई  बिहा गरेको हुँदा, चौतारी बिहा ब्रतबन्ध तसर्थ समिती सो बिहा लाई मन्यता दिन अस्विकार गर्दछ। श्री बोगती को अहिले सम्म सात वटा मात्रै श्रीमती भएको  एही समिती घोषणा गर्दछ।
         निज ले नबालक केटी बिहा गरेको हुँदा, निज लाई कारवही गरी पाउँ भनी यो चौतारी बिहा ब्रतबन्ध तसर्थ समिती, चौतारी बालहित न्याय आयोगलाई अपिल गर्दछ। सोही कार्य को घोर भ्रसर्ना गरी आज राती डिनर पछी भोली बिहान सम्म भोक हदताल गर्ने कार्यक्रम   पनि एही सुचना मार्फत सार्वजनिक गरिन्छ।

   चौतारी बालहित न्याय आयोग                        चौतारी बिहा ब्रतबन्ध तसर्थसमिती                                  

  ठुलि माया ठकुरैइन                                                                                चित्रे चित्रकर

                                                                                                     

 
 
Last edited: 06-Nov-07 02:03 PM

 
Posted on 11-06-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घच्चि को कुरो आयो जिम्मलबा। येस् बिग्यप्तिले अहिले सम्म बिवाह नगरि बसेका चातारीवासी मा पक्कै केहि न केहि उर्जा थप्ला झै छ।

 
Posted on 11-06-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सतित्व bhaneko ke ho ?

चौतारी बालहित न्याय आयोग                        

  ठुलि माया ठकुरैइन   



 
Posted on 11-06-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी बालहित न्याय आयोग    को अध्यक्ष   ठुलि माया ठकुरैइन   भनेको क्या

 
Posted on 11-06-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन, 'तँ त सारै बिग्रिस् नि बद्रि' पारा भै गो नि यो त।
 
Posted on 11-06-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Lhare i Got it.

सतित्व bhaneko ke ho ?


 

 
Posted on 11-06-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै सतीत्तो भनेको के हो बुझैदिनुपर्‍यो यो ठुलिलाई।

 
Posted on 11-06-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


birkhe daaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa सतित्व bhaneko ke ho ?



 
Posted on 11-06-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सतित्व ‍‌= सति ‌‌+ तत्व

सति भनेको आफ्नो लोग्ने वा (स्वास्नि) प्रती बफादार हुनु। तत्व भनेको तत्व। त्यहि बफादार हुने तत्व भनेको सतित्व। सतित्व गुमाउनु भनेको इनफेडल हुनु। अब त्यो बफादारीमा के के पर्छ त्यो चाहिँ मिस किरिजरी कायस्थले नै बताउनु हुन्छ होला भन्ने आसा सहित मेरो दुई शब्द यहिँ टुङ्ग्याउँछु।

जय चौतारी


 
Posted on 11-06-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तत्व भनेको तत्व। anyway thanks birkhe dadu.

where is my Kumle dadu? Tihar najikai aaudai cha ani daiharu cha haraaudai cha. bhai tika

ma gift dinu parla bhanera

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters