[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 200922 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-04-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल बूढा, के भन्या हो? बुझिनँ मैले।
 
Posted on 08-04-06 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"....चित्रेको बानि सरेर गन्थन गरेर .." भन्नु पर्नेमा अन्यथा भएछ!
प्रश्न उत्तर गरिराको भनेको...........हाड नभाको जिब्रो लड्बडिएछ!:)
 
Posted on 08-04-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! माल्दाई
 
Posted on 08-04-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाइ, रिसाको छैन हजुर सँग। किन रिसाउनु र ! सालि तिम्रै भो भनेर भनेको सुन्दा पश्चिम तिरा'ट घाम निस्के जस्तो लाओ के रे। यत्तिकै त्यसो त न भन्नु पर्ने, यी कपटी पुन्टेदाइले के जाल रचेका छन भनेर गमेर बसेको छु। :-)

एउ मुक्का दे'को, पुन्टेदाइका ३'टा बङ्गारा हल्लेका थे।:p त्याँसि साली तिम्रै भो भनेका हुन के रे। तर पक्का कुरा गर्दा खेरि त जहिले नि धोबिनीको च्यात्तेको पेटीकोटको कसम खाने मुन्छे। कसम नखादा सम्म मुइले पत्याको छैन है। क्यै किलकाँटा रचेर भनेको जस्तो छ। :p :-)

मारामार जोताइ गै'राछ के आफ्नो त। घरी घरी चौतारीको गफ कान थापेर सुनेकै छु। बोल्न भ्याछैन। बोल्न थाल्दा खुट्टामा फाली लाउला जस्तो भो के।

तितौरी, एउ टुक्रो केक र एउ बोतल रउसी हुलाका'ट पठाइदेउ न त। अब आफै आम्न त भ्याउँदिन होला। :-)

:-)
-भउते
 
Posted on 08-04-06 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ के भयो?
मस्टर्नी दिदी ले भनेर कार्ड पोस्ट गर्न सिक्न लागेको त चौतारीनै बिग्र्यो जस्तो छ।
:(
 
Posted on 08-04-06 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हरु चौतारी बेरुप बनाको म माफ पाउ है।

:(
 
Posted on 08-04-06 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई दोष लाउछ कहिनपा'र नेप्चेले :)
बरु दोस्रोपटक शुभ-कामना सहितको पार्टी देको भनन
 
Posted on 08-04-06 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Titauri ma gau ma nabhayeni, timilai janmadin ko subhakamana. Aba goda dui char dinma gam pharkanchhu ani majale nepalima kura gamla. Timi syani thiyau maile gam chhoddakheri, sunchhu abata jwai khojni belaki bhaichhau are. Thikai chha arubat bhetma garmlani haita. uhi timro dai lale
 
Posted on 08-04-06 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, यो कार्ड चाइ मस्टर्नी दिदीको तर्फ बाट तितौरीलाइ रे।
मैले चाहि दिदीलाइ टास्न न आएकोले टास्देको मात्र हो है।

केइ गरि चौतारी बिग्र्यो भने गलि गर्ने भये दिदिलाइ नै गर्नु है गाम्ले हरु।



 
Posted on 08-05-06 1:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै, हैन के भयो हँ यस्तो!? तिरु नानीको जन्मदिनको केक खा'र चौतारीको बाटो उकालो लाग्दै थें, के मा ठोक्केर ड्याम्म लडियो, झण्डै कान्ला मुनिको जिम्मालको गह्राँ पुग्या गाँठे। अब रउसी लाग्या भनुँ भने नी, घरकी गोताइनीले डाडु-पन्यूले उपचार गरेबाट मुखाँ हाल्या छैन, भूत प्रेत लाग्यो भनौँ भने नी, यस्तो झलमल्ल चौतारीमा भूत त के
भूतको बाउ पनि आम्न आँट गर्दैन। कतै तिरु नानीलेनै केकमा गाँजा-साँजा हालेर ठट्टा त गरीनन् भन्ने पनि लाग्यो एकछिन त, पछि ढ्याम-ढ्याम र ढुम्-ढुम् बाजा बज्न थालेपछि यस्सो मास्तिर हेरेको त चौतारीका बर-पीपलका बूटाजति लच्किने गरी बाजै-बाजा गाँठे!
हाँगा लच्केर बाटो ड्याम्मै छेकेका। तिरुको जन्मदिनमा चौतारी सींगारिएर ठ्याम्मै दुलहीजस्तै!

जिम्मालको गह्रोको आली-आली हुँदै घर गइयो त्याँसी।
 
Posted on 08-05-06 3:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मेरी बास्सै!
यो चौतारीमा भुँईचालो आएचन कि के हो?
म त मेरो कोम्फुटर बिग्रेच भन्या त चौतारी नै भास्सिएर कोल्टे परेच्!
लौ न साझा मा कोइ ईन्जिनियर साप हरु छन भने ह्याल्प अर्नु पर्‍यो चौतारी सोझ्याउन!
नत्र हामा ब्रम्हा देवता (सान दाई) लाई धूप अछ्य्ता चडायर खुशी बनाई फेरी चौतारी जस्ता को तस्तै बनाम्न लगाम्न परो!
अब एस्तो डेन्जर चौतारीमा बसेर आफ्नो राम नाम सत्य गर्नु भन्दा त भागें है गाम्ले हो म त!
बरु त्यो सि यस् आइ ले टाँगे जस्तो पहेंलो फिता ले चौतारी घेरेर नो एन्ट्री लेखेर टाङ्ने कि?
मर्म्मत् सम्भार् नहुन्जेल् सम्म।
 
Posted on 08-05-06 4:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी नै टेंढीएसि त ज्यानै टेंढो हुने रैच, गाँठे! झन् सुध्रेर अब देखुन् सिधै घर जाम् भुनेर बाटो ला’को त, टेंढो टेंढो हुँदै झ्याम्मै फेरि धोबिनीको दैलाँ पो पुगियो!

रलमल्लै परेर आँखा मिचेर, आङ् चिमोटेर फेरि घर तिर ला’को, के घर पुग्थ्यो? रामो राम सालीको कोठा पुगि रा’ फेरि!

ए, लौ न, सान महाराज! हजार मुख भ’का सेस नागले धरि बयान गर्न नसक्ने हजुरको लिला, चौतारीलाई किरिपा अरेर सोझाई दिम्। टेंढिएरै मर्न परो भुने त सिधै नर्क पुगिएला फेरि!
 
Posted on 08-05-06 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ केटकेटी हो म त चौपारी महोत्सवको पर्खाइमा छु. तयारी कस्तो हुँदैछ बरु? अहिलेलाई फाटम्.
 
Posted on 08-05-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नेप्चे,कस्तो राम्रो कार्ड् टास्या होला थ्यान्कयु . तर चौतरी बिगार्नु सम्म बिगारे छ् नि ! लौ मलाइ मार्चन् होला सबै ले :)
 
Posted on 08-05-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, व्हेल-कम है।

तेइ त नि। कार्ड टास्न त टासियो तर चौतारी नै बाङिएछ।
अब गाम्लेहरुले गालि नै गर्ने भए मलाइ मात्र हैन, त्यो सुरु मा कार्ड टासेर अरु लाइ पनि कार्ड टास्न प्रेरित गर्ने भाउते गुरु, कार्ड टास्न लाउने मिस दिदी अनि कार्ड हेर्ने तितौरी लाइ पनि गालि गरुम है। एक्लै त के गालि खानु नि मैले मात्र।
:P :P
 
Posted on 08-05-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब म जस्तो भलादमी, मरेसि सीधै स्वर्ग पुग्न पर्नि मुन्छे, चौतारीसंगै टेंढिएर नर्क पुगें भुने तेस्को जिम्मा नि नेप्चे कै हो त? :p
 
Posted on 08-05-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

लौ चौतारीमा गाम्लेहरूले कति बाजा, फूलको झुप्पा, बेलुन झुन्ड्याएका हुन्, वजनले गर्दा चौतारी नै दायाँतिर लत्रेछ। तर अत्तालिनु पर्दैन, लेख्दे गरम्, अर्को पन्नामा पुगेपछि आफैं सोझिन्छ।
 
Posted on 08-05-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी त सोझिएछ्!
कूल्!
सानदाई लाई धन्यवाद,
ल गाम्ले हो, जदौ है सबैलाई!
रोल न १५
मिस्टे
हाजिर मिस्

 
Posted on 08-05-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, चौतारी त सिधा भएछ।

 
Posted on 08-05-06 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी सिधा पार्ने लै मुरि मुरि धन्य-बाद।


जे होस, पून्टे दाइ अब नर्क को सट्टा स्वर्ग नै जाने भए।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters