[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा
[VIEWED 2396 TIMES]
SAVE! for ease of future access.
Posted on 06-14-13 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा 
 
३१ जेठ, काठमाण्डौ । गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका वर्तमान महासचिव तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । जेठ ३१ गते शुक्रबार नेपाल उद्योग बाणिज्य महासंघको सभा कक्षमा पत्रकार सम्मेलन गरी शेर्पाले अध्यक्षका पदका लागि उम्मेदवारी घोषणा गर्नु भएको छ l
 
महासचिव पदमा कार्यरत रहेका शेर्पाले आगामी बडा दशैंको सेरोफेरो अक्टोबरमा हुने गैरआवासिय नेपाली संघको छैठौ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्दै अधक्ष्य पदको लागि आफु सक्षम भएको दाबी गर्नु भयो l गैर आवासीय नेपाली संघ हाक्न सक्ने क्षमता भएको दावी गर्नु हुदै ,’एनआरएनमा लामो अनुभव संगालेको हुनाले महासचिव पदमा पनि आफ्नो कार्यकुशलता देखाएको छु ।  यो संस्थामा लाग्ने साथीभाई र शुभ चिन्तकहरुले सहयोग गर्नु हुनेछ भन्ने आशा छ भन्दै उम्मेदवारीको घोषणा गर्नु भएको छ l शेर्पा पेसाले (हाइड्रो इन्जिनियर )जल बिद्युत अभियन्ता हुन् । गैरआवासीय नेपालीहरुले हाइड्रो (जलबिद्युत)मा लगानी गर्न तयारी गरिरहेकै बेला जल बिद्युत अभियन्ता (हाइड्रो इन्जिनियर) शेर्पा अध्यक्षको प्रत्यासी बन्नु भएको हो  । उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएन कोरियाका पूर्व अध्यक्ष गंगा राई, एनआरएन बहराइनका अध्यक्ष श्याम तामाङ, एनआरएन जापानका अरुणकुमार श्रेष्ठसहित एक दर्जन देशका प्रतिनिधिहरुको सहभागिता थियो ।
 
गैरआवासीय नेपाली संघ (एनआरएन) कोआगामी कार्यकालको लागि अध्यक्ष पदमा मेरो उमेदवारीको घोषणापत्र ,सम्पूर्ण बिवरण यस प्रकार छ र पढ्न सकिने छ l
 
 
गैर आवासीय नेपाली संघ (एनआरएन) को आगामी कार्यकालको लागि अध्यक्ष पदमा
मेरो उमेदवारीको घोषणा पत्र
तेन्जी शेर्पा
महासचिब
गैर आवासीय नेपाली संघ
 
“नेपालीका लागि नेपाली” मूल नाराका साथ स्थापना भएको गैर आवासीय नेपाली संघमा राष्ट्रिय समन्वय परिषद हुदै अन्तर्राष्ट्रिय समन्वय परिषदका विभिन्न महत्वपूर्ण ओहोदामा रही आफ्नो जिम्मेवारीलाई वहन गर्न पाएकोमा गौरवान्वित महशुस गरेको छु I संघको स्थापना र अहिलेसम्मको परिचालनमा हाम्रा अग्रजहरुको भूमिकालाई हृदयदेखि धन्यवाद दिन चाहान्छु । संघमा रही काम गर्ने अवसर प्रदान गर्नुहुने अग्रजहरु, गैर आवासीय नेपाली संघका प्रमुख संरक्षकज्यू, संस्थापक अध्यक्षज्यु, संरक्षकज्यूहरु, सल्लाहकारज्यूहरु, अन्तरराष्ट्रिय र राष्ट्रिय समन्वय परिषदका सहकर्मि साथीहरुलाई यहाँहरुको सकृय सहयोगका लागि धन्यवाद दिन चाहान्छु । साथै गैर आवासीय नेपाली संघका गतिविधिलाई आ– आफ्नो क्षेत्रमा सम्बन्धित भइ जनमानससम्म पुरयाउन सहयोग गर्नुभएका पत्रकार बन्धुहरुलाई पनि धन्यवाद दिन चाहान्छु ।
 
आगामी अक्टोबरमा हुन गइरहेको गैर आवासीय नेपाली सघको अन्तर्राष्ट्रिय महाधिवेशनवाट आउने नयाँ नेतृत्वमा मैले संघसँग सम्बन्धित सबै क्षेत्रका साथीहरुसँगको सल्लाह पश्चात आफुलाई संघको अध्यक्ष पदको लागि उमेदवारी घोषणा आज यो कार्यक्रम मार्फत गर्दैछु ।  
 
यसमा सम्पूर्ण आवासीय तथा गैर आवासीय नेपालीहरुको सहयोग र सद्भाव रहनेछ भन्ने आशा राख्दै निम्न लिखित वुँदाहरुमा आगामी कार्यकालका लागि काम गर्ने अभिप्राय ब्यक्त गर्दछु।
 
१) हाम्रो देशको अर्थतन्त्रको ठूलो हिस्सा धानिरहेको विप्रेषण (remittance)मा प्रत्यक्ष योगदान कर्ता- वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भोगिरहेका समस्याहरुको थप अध्ययन र अनुसन्धान गर्दै त्यस्ता समस्याहरुको निराकरण गर्न देशको वैदेशिक रोजगार सम्बन्धि निति निर्माण र परिमार्जनमा यो क्षेत्रसँग सम्बन्धित निकायहरुसँग समन्वय र सहकार्य गर्ने । गैर आवासीय नेपालीहरुको अभिलेखलाई तन्दुरुस्त र दुरुस्त राख्ने ।
 
२) “एक पटकको नेपाली सधैंको नेपाली” सुनिश्चत गराउन नागरिकताको निरन्तरताको अभियानलाई निष्कर्षमा पुरयाउन सक्रिय भूमिका निभाउने । 
 
३) विश्व सामु नेपाललाई वुद्धको जन्मदेश, अपार पर्यटकिय गन्तव्यको देश, विश्वको शीर सगरमाथा र अपार जलसम्पदाको देशको रुपमा नेपालको चिनारी गराउँदै विदेशमा नेपालको प्रबर्द्दन गर्ने। जसको लागि सरकार संग समन्वय गरि नेपालको संस्क्रीती, पर्यटन, भाषा र साहित्य, खेल्कुद र चलचित्र क्षेत्रलाई गैरआबासिय नेपाली तथा बिदेशी माझ प्रबर्द्दन गर्ने ।
 
४) गैर आवासीय नेपाली संघको समन्वयमा सामुहिक लगानी मार्फत देशको विकासका लागि आवश्यक विभिन्न क्षेत्रमा गैर आवासीय नेपालीहरुको लगानी तथा वैदेशिक लगानी भित्राउन कार्यक्रमहरु अगाडी वढाउने ।
 
५) संघको माध्यमवाट गैर आवासीय नेपालीहरुले गरिआएको सामाजिक परोपकारी कृयाकलापलाई निरन्तरता दिने । 
 
६) गैर आवासीय नेपाली संघ यथासक्य चाँडो दर्ता गराई नेपालमा दर्ता नभएका कारणले वेहोर्नुपरेका विभिन्न अवरोधहरुको सिघ्र अन्त्य गर्दै संघको कार्यक्रमहरुको सहज कार्यान्वयन हुने वातावरणको निर्माण गर्ने ।
 
७) खुल्ला विश्व विद्यालयको अवधारणा कार्यान्वयनको लागि सरकारसँगको सहकार्य निरन्तरता राख्दै शिक्षा क्षेत्रमा योगदान गर्न साइन्स फाउन्डेसनको स्थापनालाई प्रोत्साहन गर्ने । साथै विदेशमा रहेका नेपाली वैज्ञानिकहरु र प्राबिधिकहरुको योग्यता, क्षमता र सीप तथा प्रबिधिलाई नेपालको हितमा प्रयोग गर्ने वातावरण सृजनागर्न आवश्यक समन्वयकारी भूमिका खेल्ने ।
 
८) नेपालमा हुने विभिन्न निर्वाचन प्रक्रियामा गैर आवासीय नेपालीहरुको मताधिकारको व्यवस्था सुनिश्चित गर्न परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगसँग समन्वय भूमिका प्रभावकारी रुपले गर्ने । 
 
९) गैर आवासीय नेपाली संघ अन्तर्गतका सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरुको राष्ट्रिय स्तरमा पहुँचको बिस्तार गरी यस् अभियानमा अझ ठुलो संख्यामा गैर आबासिय नेपालीहरुको सहभागिताको लागि कार्यक्रम ल्याउने ।
 
अन्त्यमा यहांहरु जस्तो प्रवुद्ध संचारकर्मी मित्रहरु तथा संचार माध्यमहरुबाट सदाझै रचनात्मक सल्लाह सुझाव प्राप्त हुने पूर्ण विश्वास लिएको छु ।
 
मिति : २०७० जेठ ३१ गते

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters