बालेन शाह नेतृत्वमा रहेको सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकामा चिकित्सा अध्ययन, तालिम वा फेलोसिपका लागि जाने नेपाली चिकित्सकका हकमा नयाँ कार्यविधि स्वीकृत गरेको छ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ अनुसार मन्त्रीस्तरबाट स्वीकृत यो कार्यविधि तत्काल लागू हुने मन्त्रालयले जनाएको छ। नयाँ व्यवस्थाअनुसार ‘जे वान’ भिसामा अध्ययन वा तालिमका लागि जाने चिकित्सकले कार्यक्रम पूरा भएको ६ महिनाभित्र नेपाल फर्कनुपर्नेछ। फर्किएपछि कम्तीमा दुई वर्ष देशभित्र सरकारी, गैरसरकारी वा निजी क्षेत्रमा अनिवार्य सेवा दिनुपर्ने व्यवस्था गरिएको छ।