[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 म्यारिल्याण्ड पशुपति बुद्ध मन्दिरलाई स्वामित्व प्राप्त
[VIEWED 3088 TIMES]
SAVE! for ease of future access.
Posted on 01-28-13 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                           म्यारिल्याण्ड पशुपति बुद्ध मन्दिरलाई स्वामित्व प्राप्त

अमेरिका , म्यारिल्याण्ड ,माघ १२,२०६९ (तदनुसार जनवरी २५,२०१३ ) का दिन नेपाल शैक्षिक तथा सामुदायिक केन्द्र ( एन ई सी सी )स्थित नेपाली पशुपति बुद्ध मन्दिरले लामो समयको अन्तराल पश्च्यात कानुनी रुपमा आफ्नो स्वामित्व अधिकार प्राप्त गर्न सफल भएको छ l उत्तर अमेरिकामा ८० को दशकमा नेपाली समुदायको जनघनत्व पातलो भएको अवस्थामा ८० कै दशकमा नेपाली समुदायको छाता संगठनको रुपमा राष्ट्रिय स्तरमा अस्तित्वमा आएको ए एन ए ( दि एसोसिएसन अफ नेपलिज इन अमेरिकाले )१९८३ मै नेपाली समुदायको ईतिहासमै सांस्कृतिक तथा सामुदायिक केन्द्र स्थापनाको परिकल्पना अगि सार्दै एउटा परियोजनाको घोषणा गरेको थियो l

त्यही एन ई सी सी परियोजनालाई मुर्त रुप दिन बिभिन्न काल खण्डमा आर्थिक कोष वृद्धि गर्ने तार्किक उदेश्य साथ ९० को दशकको छेउछाउ प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीसंग रात्री भोजको आयोजना गरेको थियो भने १९८७ मा नै सर्वप्रथम यो योजनाको लागि ए एन ए क्यानाडा सम्मेलनमा आर्थिक कोष संकलन गरिएको थियो lसन् २००० मा नै म्यारिल्याण्ड राज्यको ल्यान्हममा पशुपति बुद्ध  मन्दिरको स्थापना गरि र ए एन ए ले आफ्नो परियोजनालाई अझ प्रभाबकारी बनाउने हेतुले एन ई सी सी लाई स्वतन्त्र गरेको थियो र उक्त सामुदायिक केन्द्र ए एन ए को मातहतमा रहेको थियो l

एन ई सी सीले इस्वी सन् २००८ मा म्यारिल्याण्ड स्थित वेल्स भिलमा भवन सहित ९.४ एकडको सम्पत्ति जोडेको थियो भने २०१० मा मन्दिर र सामुदायिक केन्द्र पुरा गर्ने हेतुले पण्डित दिनानाथ पोख्रेल बोलाई दूई दिने महापुरण लगाई  ९३ हजार डलर संकलन गर्न सफल भएको थियो l यस भेकका समुदायका सदश्यहरुको अतुनिय योगदान ,समर्पण र त्यागको कारण यहाँ सम्म यात्रा तय गर्न सफल भएको छ l स्थापना काल देखि नै ए एन ए संस्था गैर मुनाफा संस्था ५०१ (सी ) ३ अन्तर्गत अमेरिकन सरकारबाट मान्यता प्राप्त गरेको र यस अन्तर्गत दर्ता भएको संस्थाले परियोजना पूर्ण भए पश्च्यात हस्तान्तरण गर्नु पर्ने हुनाले २००३ देखि नेपाल शैक्षिक तथा सामुदायिक केन्द्र अलग अस्तित्वमा रहदै आएको थियो l

सर्बसाधारणबाट पशुपति बुद्ध मन्दिरको लागि उठाईएको रकमबाट म्यारिल्याण्डको वेल्स भिलको जग्गा एन ई सी सी को नाममा नभै ६ जना समाजसेवी तथा संघ संस्थामा आबद्द व्यक्तिहरुको नाममा निजीकरण हुन् पुगेको थियो जसलाई ए एन ए को पहलबाट निजीकरणबाट कानुनी रुपमा नया हकदार मालिक एन ई सी सी लाई बनाउन सफल भएको छ l सन् २०१२ मा ए एन ए ले कानुनी रुपमा आफ्नो स्वामित्व हटाई पूर्ण रुपमा नेपाल शैक्षिक तथा सामुदायिक केन्द्र( एन ई सी सी ) लाई सुम्पेको थियो l

जब सम्म अदालतले नियुक्ति गरेका वर्तमान ए एन ए का अधक्ष्य छेवांग शेर्पालामा ए एन ए को नया पदाधिकारीहरुको चयन नहुन्जेल उनि नै एन  ई सी सी को संचालक समितिको अधक्ष्य(चेयर म्यान ) हुने प्राबधान छ l निर्वाचन प्रक्रियाबाट ए एन ए को नया पदाधिकारीको चयन भएमा एन ई सी सी को गुठि संचालक समिति तथा यसका सदस्यहरुले ए एन ए का पदाधिकारी राख्ने वा नराख्ने निर्णय पनि गर्न सक्ने प्राबधान रहेको छ l
 
यसको बिधान अनुसार नेपाल शैक्षिक तथा सामुदायिक केन्द्र( एन ई सी सी ) भंग भएमा सम्पूर्ण चल तथा अचल सम्पत्ति पुन ए एन ए कै हुने छ lकानुनी रुपमा आफ़ो स्वामित्व कायम गर्न सफल सकेको अवस्था रहेको हुनाले यस भेकमा बसोबास गर्नु हुने सम्पूर्ण समुदाय सदस्यहरु यसको पूर्णताको लागि कुनै कसर नछोड्ने विश्वास लिइएको छ l  आफु र आफ्ना पुस्ताको लागि सबै मिलेर यसको दिर्घ कालिन योजनामा होस्टेमा हैसे गर्न सके यो मन्दिर र सामुदायिक केन्द्र सबैको साझा फुलबारी अवश्य बन्ने छ lयो धरोहर संरक्षण गर्नु सबैको कर्तब्य हो l

विजय थापा
भर्जिनिया ,अमेरिका

 
Posted on 01-28-13 4:59 PM     [Snapshot: 190]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What average people like us want to see is the actual temple being erected; please spare us from the legal and political details and let's do some work already.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters