[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Tyo Din

tragicomic

jetho390

Mr. D
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मनाउन नसकेको सुहागरात
[VIEWED 3654 TIMES]
SAVE! for ease of future access.
Posted on 10-06-14 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनाउन नसकेको सुहागरात

 

 

मेरो जन्मस्थल चितवन हो । मेरो पढाई लेखाई चितवनमै भयो । म कक्षा १० मा पढ्दै थिएँ, मेरो साथी नितेस
पनि मेरो क्लासमा मसँगै पढ्ने साथी थिएँ । हामी हाम्रो गाउँको स्कुलमा सँगै पढ्थ्यौं । हामी दुबैले एसएलसी पनि राम्रोसँग पास गर्यौं । कक्षा ११ सुरू भयो, नितेस र म दिन प्रतिदिन धेरै नजिक हुँदै गयौँ, हामी दुर्इका बीच प्रेमको आकुरा पलाउन सुरू भयो । हामी साथीबाट बिस्तारै प्रेमी-प्रेमिकामा परिणत भयौं ।
हरेक शनिबार हामी डेटिंग जान्थ्यौं । समय बित्दै गयो । हामी दुईको प्रेम झन् झन् झाँगिदै गयो, जब हामी डेटिंग गएको बेला संगै हुन्थ्यौं, नितेसले मेरो कपाल सुम्सुम्याउँदै भन्थे- ऋतु म तिम्रो साथभन्दा टाढा कहिले पनि हुन सक्दिन । तिमी मेरो धड्कनमा हौं, तिमी नै मेरो संसार हौ,  तिमी नै मेरो जिन्दगि हौ भन्थे । हामी दुईले हात समातेर जुनीजुनीसँगै मर्ने सँगै बाँच्ने बाचा गरेका थियौं । मलाई पनि नितेसको अंगालोमा हराई रहुँ जस्तो हुन्थ्यो ।
एक दिन नितेसलाई नदेख्दा यो संसारमा एक्लो भएको महसुस हुन्थ्यो ! हामी दुइको प्रेम दिनप्रतिदिन लैला–मज्नुको जस्तो गहिरिँदै गइरहेको थियो । मलाई नितेसबिनाको जिन्दगी कल्पना गर्न पनि गाह्रो हुन्थ्यो । जब नितेस र म भेट हुन्थ्यौ, संसारको सबै कुरा बिर्सी हामी दुर्इ छुटै संसारमा हराउँथ्यौ । हाम्रो प्रेमलाई देखेर होला यी सुन्दर प्रकृति एबं मानिसहरूले पनि डाहा गरिरहेको भान हुन्थ्यो । हाम्रो प्रेमको चर्चा गाउँघरतिर पनि चल्न थाल्यो ।
हामी बीचको सम्बन्ध घरपरिवारले पनि सुइँको पाएछन् । नितेस गरिब घरको छोरा थिएँ, जात पनि नमिल्ने यसैकारणले मलाई छिटो अर्को ठाउँमा विवाह गरिदिने मनसाय मेरो घर परिवारमा भयो । यतिकैमा मेरो विवाहको लागि पोखराबाट कुरा चल्न थाल्यो, आफ्नो ब्राह्मण जातको राम्रो घरपरिवार राम्रो केटाको कुरा आएपछि मलाई मेरो बाबा, मामुले मन पराएको केटासँग विवाह गरिदिने निर्णय गर्नुभयो । मैले विवाह अस्वीकार गरे, बाबा मामु निकै चिन्तित हुनुभयो । हामीले खोजेको केटासँग विवाह नगरे म आत्महत्या गरिदिन्छु भन्दै मामु रुन लाग्नुभयो । म दोधारमा परेँ आफ्नो प्रेमीलाई छोडम् कि लालनपालन गरी शिक्षादिक्षा दिई १० महिना गर्भमा राखी जन्म दिने आमालाई आत्महत्या गर्न दिउँ, मेरो मनमा ठूला् अन्तरद्वन्द चल्न थाल्यो । मलाई निर्णय गर्न निकै गाह्रो भयो । म पनि मेरो कारणले आफूलाई जन्म दिने आमाको आत्महत्या कसरी हेर्न सकुँ !
घरपरिवाबाट मलाई निकै दबाब आयो, अन्तिममा मलाई बाध्यतामा पारी बाबा-मामुले खोजेको केटासँग विवाह गर्ने निर्णय भयो, म आकाशबाट खसेको जस्तो भएँ । म मेरो प्राण प्यारो नितेसभन्दा टाढा हुन कसरी सक्थेँ र ! मेरो लागि विवाह पनि कुनै ठूलो सजायँ भयो । नितेस पनि मेरो विवाहको कुराले पागल जस्तो भएका थिए । मेरो हात समाएर ऋतु तिमीबिना म बाँच्न सक्दिन भन्दै बिलौना गरेर रुन लागे ।
म के गरौं ? मेरो जीवनमा ठूलो पहाड बनी आएको समस्यालाई मसँग कुनै विकल्प थिएन । मेरो मनभित्रको आधीबेहरीको बाबजुत पनि मेरो विवाह पोखराको सुमन नामको केटासँग तय भयो । विवाहको दिन तोकियो । विवाह भब्य रुपमा सम्पन्न भयो । म सुमनको बेहुली भएँ, म सुमनको घरमा बुहारी बनी भित्रिन पुगे । सबै घरपरिवारले कति सुन्दर बुहारी कति लक्षिनकी रहिछन् भनी प्रसंसा गर्न थाले । मलाई देखेर सबै परिवार खुसी थिए । सुमन पनि निकै खुसी भएका थिए । यतिकैमा राति भयो, मलाई सुमनको साथ सुहागरात मनाउनु पर्ने भयो । बिचार सुमन उनको के नै दोष थियो र ? उनले कस्तो सपना म भरि बुनेका थिए होलान ! म र सुमनको एउटै बिस्तरामा रात बित्यो ।
सुमन मनभरिका आफ्ना भावना मलाई वर्षाउन खोज्थे, तर पनि म सुमनको न्यायो अंगालोमा बाँधिन सकिन । सुमनले पनि मलाई कुनै करकाप-जबर्जस्ती गरेनन् । सुहागरात पनि निरस र अपुरो भयो । सुहागरातमा पनि म मेरो प्राण प्यारो नितेसलाई सम्झेर तड्पीरहेकी थिएँ । मेरो मन मस्तिष्कमा नितेसको बास थियो । कसरी म सुमनसँग सुहागरात मनाउन सक्थेँ र ! नितेसबिना मेरो संसार अन्धकार भएको थियो । मुटु त एउटा हुँदोरहेछ, एउटा मुटु कसैलाई दिइसकेकी थिएँ, फेरि कसैलाई दिन नसकिने रहेछ । मेरो मनमा उथलपुथल भुइँचालो गइरहेको थियो । ती पोखराका सुन्दर प्रकृतिले मेरो मनभित्रको उथलपुथललाई बुझ्न खोजिरहेको भान हुन्थ्यो । सुमनको अतिसुन्दर महल मेरो लागि मसान घरजस्तै भएको थियो । मेरो आँखामा वर्षाको झरीजस्तै झरी बर्सिरहेको थियो । मेरो मन केही गरे पनि खुसी हुन सकेन । सुमन मेरो खुसीको लागि धेरै ठाउँ घुमाउन लैजान्थे । पोखराको सुन्दर प्रकृति र सुन्दर सहरभित्र म आफै हराइरहेको महसुस हुन्थ्यो । केही गरे पनि म खुसी हुन सकिनँ ।
धेरै रातहरू सुमनको साथ बित्यो, म कहिले पनि सुमनको न्यायो अंगालोमा बाँधिन सकिन । सुमन मेरो मन जित्न धेरै कोसिस गर्थे, उनको मनभरिको भाबना र चाहना मलाई वर्षाएका हुन्थे, तर पनि मेरो मनले सुमनलार्इ स्वीकार गर्न सकेन । यस्तै ६ महिना बित्यो, सुमनको सिन्दुरले मात्र मलाई रंगायो । सुमनको निर्दोष भावनाले मलाई रंगाउन सकेन । म आफूले आफैलाई प्रश्न गर्थेँ- किन सुमनको विशाल एकोहोरो मायालाई मेरो मनले तिरस्कार गरिरहेछ ? बिचरा सुमनको के नै दोष थियो र ? मेरो नितेससँग फोनमा कुरा भइरहन्थ्यो । मेरो बेहाल देखेर नितेस निकै दुःखी हुन्थे ।
ऋतु ! तिमी सुमनको भइसक्यौ, सुमनसँग खुसी भएर बस, म जतिसुकै घाइते भएपनि तिम्रो खुसी मेरो खुसी हो, ऋतु ! तिमीले आफूलाई सम्हाल भनि नितेसले सम्झाउँथे । तर, पनि नितेससंगको प्रेम झनै मेरो विवाह पश्चात नटुट्ने डोरी जसरी लम्बिदै गयो । सागरसरी गहिरिँदै गयो । यतिकैमा मेरो बीएको परीक्षा आयो । मैले चितवन माइतीमा गएर परीक्षा दिनुपर्ने भयो । म माइत गएँ । परीक्षा पनि दिएर सकियो । मेरो नितेससँग धेरैजसो भेट भइरहन थाल्यो । म फेरि नितेसको न्यानो अंगालोमा हराउन थालेँ । साँच्चिनै यो मनले नितेसको न्यानो अंगालोबाट अलग हुन चाएन ।
हामी दुवै छुट्टिन नसक्ने अवस्था भयो । फेरि हाम्रो मिलन भयो, हामी दुवै सँगै जिन्दगी बिताउने निर्णयमा पुग्यौं । म नितेसको घरमा नितेसको जीवन साथी भएर एकसाथ हामी बस्न थाल्यौं । नितेससँगको साथ मेरो लागि स्वर्गसरी भयो । नितेससँगका मिठामिठा क्षण अतिनै रोमान्चक भए । म नितेसप्रति सदाको लागि समर्पित भएँ । यस्तै अति मिठो क्षण बिताउँदै थियौं ।
म लामो समयसम्म सुमनको घर पोखरा नफर्केपछि सुमन मलाई लिन चितवन मेरो माइती घर आएछन् । त्यस समय म सुमनको नभएर नितेसको भइसकेकी थिएँ । सुमन म प्रतिको एकोहोरो प्रेममा गहिरी सकेका रहेछन । जहिले पनि मसँग ‘ऋतु तिमी जस्ती अप्सरा जीवन साथी पाउनु मेरो भाग्य !’ भन्ने गर्थे । सुमनको एकोहोरो प्रेमले मलाई निकै आभारी बनाएको थियो । तर, के गर्ने साँच्चिनै मुटु त एउटा हुँदोरहेछ, एउटा मुटुलाई दुई ठाउँमा बाड्न नमिल्ने रहेछ ।
६ महिनाको सुमनसँगको साथमा मलाई सुमनले कहिले पनि मेरो ईच्छाबेगर कुनै दबाब दिएनन् । मेरो मन जित्न निकै कोसिस गरेका थिए । तर पनि मेरो मन मुटु कहिल्यै सुमनलाई दिन सकिनँ । कहिल्यै मेरो माया दिन सकिनँ । आखिर म मेरो प्रेमी नितेससँग साथ हुन पुगेँ । नितेसको प्रेममा रमाउन पुगेँ । नितेसको अंगालोमा हराउन पुगेँ । नितेससँग जिन्दगी बिताउने निर्णय गरेँ ।
यो सबै कुरा सुमनलाई थाहा भयो, सुमनले आफूलाई सम्हाल्न सकेनन् । उनले मलाई पत्र लेखे छन्– ‘मेरी प्राण प्यारी ऋतु… ! जन्मौ जन्म तिमीलाई प्यार, तिमीले जे गर्यौं राम्रो गर्यौं । तिम्रो केही दोष छैन । प्रिया, तिमी मेरो धड्कनमा हरदम रहने छौं । प्रिया, तिमी भौतिक रुपमा मेरो साथ नभए पनि मेरो प्रेम तिम्रो साथ सदासदाको लागि रहनेछ । मेरो सम्पूर्ण सम्पति ऋतुलाई दिनु ! ऋतुको कुनै दोष छैन’ भनी लेखेको पन्नाको पत्र सिरानीमा राखी बिस सेवन गरेर उनी सदासदाको लागि यो संसारबाट बिदा भए।
म मेरो नितेससँगको पुनर्मिलनले संसारको सबै कुरा बिर्सिएर रमाउँदै थिएँ । एक्कासी सुमनको मृत्युको खबरले मलाई आकाशबाट खसेको जस्तो भयो । म भाबबिभोर भएँ, सुमनले मप्रति गरेको मायालु व्यवहारले क्षतबिक्षत भएँ । सुमनले मायाको भिख मागे पनि मैले माया दिन सकिनँ । जीवनको भिख मागे जीवन दिन सकिनँ । उफ ! मलाई निकै पश्चाताप भयो, जिन्दगीभर पश्चाताप भइरहेको छ !

http://www.recentnepal.com/2014/10/blog-post_29.html

 
Posted on 10-07-14 1:57 PM     [Snapshot: 561]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Katha sahi cha cyber nepali bro, yesto katha haru post gardie garu la..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters