timi_mero_sathi
Replies to this thread:
More by timi_mero_sathi
What people are reading
Subscribers
Please log in to subscribe to timi_mero_sathi's postings.
:: Subscribe
|
|
[VIEWED 6026
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 12-11-12 7:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
| |
कथा
सानै देखि म फुटकर कबिता लेख्थे । स्कुलमा कबिता प्रतियोगितामा पुरस्कार पाएको पनि छु। साथिहरु भन्थे मेरो कबितामा संघर्स र भाबना पोखिएको हुन्छ। जे होस, क्याम्पस पुग्दा सम्म एक दुई पत्रिकामा मेरा कबिता प्रकासित भैसकेका थिए। पछि एउटा नाम चलेको मासिक पत्रिकाले नियमित नै मेरा कबिता छाप्न थाल्यो त्यस बापत मैले केहि परिस्रामिक पनि पांऊथे। म “तिमि” उपनाम बाट कबिता लेख्थे। असलि नाम कसैलाइ थाह थिएन।
X X X X X X
मेरो घर तनहुं जिल्लाको दुर्गम गाऊंमा पर्छ। बा, आमा बैनि र म, चार जनाको परिबार दुख: सुख: ले बाचेका। आम्दानि थियो खेतको धान र भैसिको दुध बेचेको पैसा। एस यल सि सकेपछि मैले पोखरा क्याम्पस ज्वांइन गरे। मेरो पढ्ने खर्च जुटाऊन मेरा बाऊ लाई त्यति सजिलो थिएन। कहिले काहि साहु संग ऋण पनि लिन पर्थ्यो। खाएर बचेको धान र दुध बेचेर कतिनै आम्दानि हुन्छ र।
यसरि जेनतेन चलिरहेको हाम्रो परिबारमा एकदिन भैंचालो गयो। पैह्रोले पुरिएर खेतमा काम गर्दा गर्दै मेरा बाऊंको म्रत्यु भयो। म तुरुन्त गांऊ फर्के। बा को काज क्रिया सकिएपछि आमाले पोखरा गएर पढाइ जारि राख्न कर गर्नु भयो। जेठो छोरो भएर पनि घरको सारा भार आमा र बहिनिको कांधमा छाडेर म पोखरा गए। मनमा कता कता नमिठो अनुभब भैरहेको थियो।
क्याम्पसमा पढ्दा मेरो एक जना हुने खाने परिबारको केटो संग मित्रता थियो। उसलाइ मेरा कबिता साह्रै मन पर्थे। पछि उस्को परिबारनै काठमाण्डु बसाइ सर्यो। उनिहरु त्यहां प्रिन्टिङ प्रेस चलाएर बसेका थिए। उ काठमाण्डु गएपनि म संग बराबर सम्पर्क गरि रहन्थयो। पछि गएर उ मेरा कबिता हरुको एक प्रकारको फ्याननै भनेपनि हुने। खासमा उ एक असल मित्र थियो।
X X X X X X
आज म धेरै खुसि छु। हिजो मात्र मेरो काठमाण्डुको साथिले एक प्रस्ताब पठाएको थियो। त्यो के भने यदि मैले २०० स्तरिय कबिता लेखेर प्रकासन र कपिराइटको सम्पुर्ण अधिकार उसलाइदिने हो भने उ मलाइ २०,००० रुपैया दिन तयार छ। प्रस्ताब मेरो लागि एकदम नयां थियो। मैले खुसिसाथ त्यो प्रस्ताब स्बिकार गरे।
र, आज गांउबाट खबर आको छ। बहिनिको बिबाहको कुरा पक्का भैसकेको छ रे । तिन महिना पछिको साइत जुरेको रहेछ। मलाइ सबभन्दा खुसि के मा छ भने कबिता बेचेर को पैसाले बहिनिको बिबाहमा म पनि आमा लाई सहयोग गर्न सच्छयम हुनेछु। मलाइ सहरमा राखेर पढाउन गांउमा आमा र बहिनिलाइ कति दुक्ख गर्नु पर्छ भनेर मलाइ थाह छ, त्यसैले पनि म बहिनिको बिबाहमा आफ्नो तर्फबाट केहि गर्न चाहन्थे।
X X X X X X
आज मेरो कबिताको पाण्डुलिपि तयार भयो। बहिनिको बिबाहमा दुइ महिना मात्र बाकि छ। साथिले काठमाण्डुनै आएर पाण्डुलिपि बुझाउन कर गरेकोले म भोलि काठमाण्डु जादैछु।
++++++++++++++++++++++++++++
ब्यथा
ओहो, काठमाण्डु कस्तो प्रदुशित शहर, पेट्रोल र फोहरको गन्ध अनि मान्छेको भिड बाहेक केहि छैन यहां। बच्चामा एकपटक बा आमा संग शिबरात्रिमा आको थिए यंहा, अहिले त अर्कै भैसकेछ काठमाण्डु। साथिको घर शहरको अर्कै कुनामा थियो। म कबिताको पाण्डुलिपि बोकेर साथिको घरतिर लागें। आज शायद शहरमा बिरोध जुलुस थियो, शहरको मध्य भागमा के पुगेको थिए एउटा जुलुस जिन्दाबाद र मुर्दाबादको नारा लागाउदै अघि बढि रहेको थियो, जुलुसको पछि पछि लाठि लिएका प्रहरिहरु थिए। म जुलुस भन्दा अगाडिनै बाटो काट्न थाले। पछाडि के भयो मलाइ थाह भएन तर मान्छेहरु आत्तिएर भागाभाग गर्न थाले। म पनि छिटो छिटो बाटो काटेर पेटि तर्फ लागें। यत्तिकैमा शायद पछाडि बाट मलाइ कसैले धक्का दियो, कबिताको पाण्डुलिपि मेरो हातबाट खसेर शडकमा छताछुल्ल भयो। म हत्पत छरिएका पाना टिप्न थाले। पछाडि सायद प्रहरि होला भन्दै थियो “ ऐ त्यो जुलुसमा पर्चा छर्दै हिड्नेलाइ ठोक”, म चिच्याए “यो जुलुसमा छर्ने पर्चा होइन मेरो कबिताको पाण्डुलिपि हो” म भाग्न खोजे। ऐया कस्ले हिर्कायो मलाइ ? किन रगत बग्दै छ मेरो टाउकोबाट, केहि पनि देख्न छाडे, लौन के भो मलाइ, हे भगबान।
X X X X X X
धेरै बर्षहरु बिते, शहरको एउटा पाटिमा एक जना अधंबैसे माग्ने बस्छ।प्रहरि ले ल्याएर छोडेको रे उसलाइ पाटिमा। उसको नाम के हो? कहाबाट आयो कसैलाइ थाह छैन। उ कसैलाइ केहि पनि भन्दैन, शायद उसलाइ पनि थाह छैन होला। धेरै जसो समय उ सडकमा मागेर बिताउछ। माग्न बस्दा पनि उ केहि गुनगुनाइ रहेको हुन्छ, गित गाए जस्तो, कबिता पाठ गरे जस्तो। कोहि भन्छन उ एक घायल कबि हो, कोइ भन्छन उ बिरहि गायक हो। बिहान बेलुका उ कागजमा केहि लेखि रहेको हुन्छ। के लेखेको छ ति पानाहरुमा कसैलाइ थाह छैन।
आज शहरमा बिसाल जुलुस छ, जुलुस जिन्दाबाद र मुर्दाबादको नारा लागाउदै अघि बढिरहेछ। पाटिको माग्ने जुलुस लाइ एकटक हेरि रहेको छ। जुलुस पाटि नजिक आइपुग्नु अघि त्यो माग्ने दौडेर सडकमा आउछ र सडकमा छरिएर रहेका कागजका टुक्रा बटुल्दै चिच्याउछ “यो जुलुसमा छर्ने पर्चा होइन, मेरो कबिताको पाण्डुलिपि हो”।
कसैलाइ थाह छैन त्यो माग्ने हरेक जुलुसमा त्यसो किन गर्छ।
Last edited: 11-Dec-12 08:02 PM
|
| |
|
|
|
|
halo
Please log in to subscribe to halo's postings.
Posted on 12-12-12 11:39
AM [Snapshot: 95]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 12-12-12 11:41
AM [Snapshot: 93]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
छोटो मीठो - समय र परिवेश, परिस्थिति र साएद भाग्य ले दिएको एउटा घाउको कथा .... TMS keep writing
|
| |
|
|
caliber19
Please log in to subscribe to caliber19's postings.
Posted on 12-12-12 12:19
PM [Snapshot: 111]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कुनै पनि लेखलाई परख गर्ने हरेक पाठकका आ-आफ्नै कशी र कारणहरु होलान् । लामो-छोटो, बयंग्य-बेदना; स्वाद पनि आ-आफ्नै होलान् । मलाई भने भर्सक थोरै शब्दहरुले धेरै कुरा बोलेको नै मन पर्छ, चाहे बिषय वा विधा जुनसुकै होस् - एस मानेमा नि तपाईंका लेखहरु साह्रै मन पर्छन् । एस्पाली पनि ऊसैगरी धित मर्यो, अरु प्रस्तुतीहरुको प्रतिक्षामा ...
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| TPS To F-1 COS |
| TPS to F1 Status. |
| Nepal TPS has been Extended !!! |
| legal Query for married nepali girl now have taken US citizenship |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| #MAGA#FAFO is delicious |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Democrat lies revealed |
| Nepal TPS decision |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| TPS Sakiyo Tara Case is in Court. |
| Medication from Nepal to USA |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| ए १ पनि पुगेनछ ? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|